चौतर्फि विरोध पछि सस्तो भाडादरमा दुतावासले नै नेपाली स्वदेश फर्काउन सक्ने सरकारको निर्णय
- रोजगारमञ्च
- जेष्ठ ३०, २०७७
- 0
सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि सरकारले नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र केही विदेशी विमानबाट मात्र उडान भर्ने र उक्त उडानका लागि तोकिएको भाडादर निकै महँगो भएको भन्दै चौतर्फि विरोध भएपछि सिसिएमसीले दुतावासको संयोजनमा सस्तो उडान हुनेगरी जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश ल्याउन सकिने व्यवस्था गरेको सिसिएमसीका एक सदस्यले रोजगारमञ्चलाई जानकारी दिए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सिसिएमसीबाट उक्त निर्णयको मौखिक खबर पाएको बताउँदै यसबाट स्वदेश फर्कने नेपाली चर्को टिकट शुल्कमा पर्नबाट बच्ने हुदा यो स्वागतयोग्य कदम रहेको बताए ।
‘कोरोना संक्रमणका कारण विदेशमा अफ्ठयारोमा परेका नेपालीलाई सस्तो भन्दा सस्तो भाडादरमा नेपाल फर्काउन संघले नेपाली दूतावाससँग सहकार्य गरेर अघि बढनेछ’ एनआरएनएले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भने ।
यो पनि हेर्नुहोस