विदेशबाट नेपालीको उद्धार : यस्तो छ उडान तालिका र भाडादर
- जेष्ठ २९, २०७७
- 1

सरकारले कोरोना भाइरस (कोभिड १९)का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्न सुरु गरिसकेको छ । जस अन्तर्गत आज विहिबार दुई उडान मार्फत कुवेतबाट ३०० जना महिला कामदारलाई स्वदेश फर्काइने तालिका रहेको छ ।
जेठ ३२ गतेदेखि असार ११ सम्म् नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी एयरलाइन्सलाई २४ उडान गरी ६७ उडानमार्फत विदेशमा अफ्डयारामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी उडान तालिका तय गरिएको संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न मुलुकबाट नेपाल फर्कन आवेदन दिएका कुल ५० हजार ९३ जनामध्ये परराष्ट्र मन्त्रालयले प्राथमिकताका आधारमा २४ हजार १४८ जनालाई मात्र स्वदेश फर्कन पाउने सिफारिस गरेको छ ।
एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन। जसका लागि सरकारले निर्धारण गरेको भाडादर यस्तो छ ।