लकडाउन यता वैदेशिक रोजगारमा रहेका १ सय २७ नेपालीको मृत्यु, शव उतै अड्कियो
सम्बन्धित देशमै अन्त्यष्टी गर्न सरकारको अनुरोध
- रोजगारमञ्च
- बैशाख २९, २०७७
- 0

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्दसँगै लकडाउन गरेपछि श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका १ सय २७ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना कोरोना भाइरसका कारण मृत्यु भएका भएपनि अन्यको अरुनै कारण मृत्यु भएको हो ।
वैदेशिक रोजगार बोर्डका अनुसार सबैभन्दा धेरै साउदी अरवमा ३३ जना नेपालीको मृत्यु भएको छ । विदेशमा मृत्यु हुने अधिकांशको शव स्वदेश आउन सकेको छैन । वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार मृत्यु हुने मध्ये ६ जनाको अत्यष्टी त्यही देशमा भइसकोको छ ।
बोर्डलाई प्राप्त जानकारी अनुसार यूएईमा २ जना, टर्कीमा १ जना र साउदीमा १ जना कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
वोर्डका अनुसार अहिलेसम्म मृत्यु हुनेमा मलेसिया दोश्रो छ, जहाँ ३० जनाको मृत्यु भइसकेको छ । वोर्डले लकडाउनको अवस्थामा सम्बन्धित देशमा नै शवको अन्त्यष्टी गर्नका लागि मृतकका आफन्तलाई अनुरोध गरेको छ ।
लकडाउन यता वैदेशिक रोजगारीका क्षेत्रमा मृत्यु हुनेहरु :
साउदी अरव : ३३ जना
मलेसिया : ३० जना
कतार : २६ जना
यूएई : २४ जना
कुवेत : ७ जना
दक्षिण कोरिया : २ जना
बहराईन : १ जना
सेसेल्स : १ जना
साइप्रस : १ जना
टर्की : १ जना
ओमान : १ जना
विदेशमा मृत्यु हुनेको अन्तिम संस्कार उतै गर्न सरकारको अनुरोध