विदेशमा मृत्यु हुनेको अन्तिम संस्कार उतै गर्न सरकारको अनुरोध

news-details

कोरोना भाइरसका कारण लडडाउन र अन्तर्राष्ट्रिय उडान नहुँदा वैदेशिक रोजगारमा गई विदेशमा नै मृत्यु भएकाहरुको अन्तिम संस्कार सम्बन्धित देशमा नै गर्न सरकारले अनुरोध गरेको छ ।

श्रमस्वीकृति लिई वैदेशिक रोजगारमा गएका मृतकका परिवारलाई वैदेशिक रोजगार वोर्डले एक सुचना जारी गर्दै लकडाउन तथा अन्तर्राष्ट्रिय उडान अझै लम्बिने भएकाले उनीहरुको अन्त्यष्टी उतै गर्नका लागि अनुरोध गरेको हो ।

विदेशमा नै अन्त्यष्टी गर्नका लागि मृतकको नजिकको हकदारको तर्फबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सहमतिपत्र पठाउनु पर्ने हुन्छ । यसरी सहमतिपत्र बनाएर पठाउने मृतकको हकदारलाई राहत वा सान्त्वनास्वरुप ५० हजार रुपैया प्रदान गरिने राज्यमन्त्रीस्तरीय निर्णय भएको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वोर्डका अनुसार अहिलेसम्म श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका एक सय २० भन्दाबढिको मृत्यु भएर शव अड्कीएको छ । मृतकका आफन्तले शव स्वदेश ल्याउनका लागि दवाव दिइरहेको अवस्थामा वोर्डले उतै अन्तिम संस्कार गर्नका लागि प्रेरित गरेको हो ।

यद्यपी मृतकका आफन्तले स्वदेशमा नै ल्याएर अन्त्यष्टी गर्न चाहेमा अन्तराष्ट्रिय उडान नहुन्जेल कुर्नुपर्ने हुन्छ ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *