कोरिया फर्कन चाहने कामदारको स्वास्थ्य परीक्षण टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा हुने

news-details

विदामा स्वदेश आएका कामदारहरुले दक्षिण कोरिया फर्कनका लागि टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा काममा फर्कन चाहने कामदारलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा कोरोना परीक्षण गराउन तय गरिएकाले त्यहाँ गएर स्वास्थ्य परीक्षण गर्नअनुरोध गरेको हो ।

शाखाले बुधबार एक सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो ।

यसअघि सरकारले कोरोना संक्रमण अघि विदामा स्वदेश आएका नेपाली कामदार काममा फर्कन नसक्दा उनीहरुको रोजगारी र रोजगारदाता समस्यामा परेकोले लकडाउनकै समयमा पनि स्वास्थ्य परीक्षण गराएर आफ्नै खर्चमा चार्टड विमानमार्फत कोरिया फर्कन सक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि विदामा नेपाल रहेका कामदारलाई कोरिया फर्काउन गैरआवासीय नेपाली संघले समन्वय गर्दै नेपाल एयरलाइन्ससँग विमान चार्टडका लागि सम्झौतासमेत गरेको छ ।

जसअनुसार पहिलो उडान यही अप्रिल ३० मा तय भएकोमा स्वास्थ्य परीक्षणको टुंगो नलागेका कारण उक्त उडान रद्ध भएको थियो । अब कोरिया फर्कन चाहने कामदारहरुको स्वास्थ्य परीक्षण भएपछि जतिसक्दो चाडो यी कामदारहरुलाई कोरिया पुर्याउन उडान तय गरिने संघले जानकारी दिएको छ ।

हेर्नुहोस सूचना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *