कोरोना नियन्त्रण कोषमा ‘दि रिभर ओभरसिज’को ५ लाख सहयोग
- रोजगारमञ्च
- बैशाख ३, २०७७
- 0
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रतिष्ठित मेनपावर कम्पनी दि रिभर ओभरसिज प्रालि अन्तर्गतको द रिभर फाउन्डेसनले ५ लाख सहयोग गरेको छ ।
दि रिभर ओभरसिज तथा फाउन्डेसनका अध्यक्ष वैदेशिक रोजगार व्यवसायी तथा युवा व्यवसायी रघुनाथ पुरीले ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग रकम सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेका हुन ।
सहयोग रकम जम्मा गर्दै पुरीले यस विषम परिस्थितीमा सरकारसँगै आम नागरिक पनि जिम्मेवार र सचेत बन्नुपर्नेमा जोड दिदै आफुले प्रदान गरेको सहयोगले कोरोना भाइरसको नियन्त्रण तथा विपन्न र न्यून आम्दानी भएका प्रभावित परिवारको दैनिक आवश्यकतामा केही भएपनि राहत मिल्ने अपेक्षा गरेको बताए ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत द रिभर ओभरसिज प्रालिले आफ्नो फाउन्डेसनमार्फत विभिन्न विपतका समयमा सहायता प्रदान गर्दै आइरहेको छ ।
यस अघि द रिभर फाउन्डेसनले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि कान्ति बाल अस्पताललाई २५ थान पिपिई प्रदान गरिसकेको छ भने मोरङको बेलवारी नगरपालिकाको कोरोना भाइरस विपद् व्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय ५ रुपैयाँ र मादी गाँउपालिकामा आर्थिक तथा खाद्यान्न सहयोग गरिसकेको छ ।
विश्वका विभिन्न् मुलुकमा नेपाली कामदारलाई सुरक्षित एवं आकर्षक रोजगारीमा पठाइरहेको दि रिभर ओभरसिज प्रालि विगत केहि वर्षयता सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउनेको सुचिमा पहिलो स्थानमा रहदै आएको छ ।