कतारमा क्वारेन्टाइन र आइसोलेसनमा रहेका कामदारले पुरै तलब पाउने

news-details

कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नुपरेका तथा संक्रमितको आशंकामा आइसोलेसनमा रहेका सम्पूर्ण कामदारले पुरै तलब पाउने कतारी सरकारले जानकारी दिएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका सहायक उपसचिव मुहम्मद हस्सन अल ओबैदलीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणका लागि कामदारहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्नुपरेको बताउदै सबै रोजगारदाता कम्पनीले उनीहरुलाई पुरै तलब दिनुपर्ने व्यवस्था गरिएको बताए ।

यसका लागि साना तथा मझौला रोजगारदातालाई ३ अर्ब कतारी रियाल बराबर राहत उपलब्ध गराइएको बताउदै सहायक उपसचिव मुहम्मद हस्सन अल ओबैदलीले यो राहत रकम ऋण स्वरुप बैंकबाट लिन सकिने र यो श्रमिकको तलब–सुविधाका लागि बैंकमार्फत नै भुक्तानी गर्नुपर्ने बताए ।

यस्तै कतार बाहिर रहेका आप्रवासी कामदारले कोरोना भाइरसका काम सुचारु नहुदासम्मको अवधिमा बेतलबी विदा पाउने र कम्पनी खुलेपछि विना जरिवाना भिसा नविकरण हुने पनि उपसचिव मुहम्मद हस्सन अल ओबैदलीले बताए । यसअघि कामदारको समस्याको सुनुवाइका लागि मन्त्रालयले हटलाइन सेवा पनि सुचारु गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *