मलेसियाको पनि ‘लकडाउन’, प्रमुख रोजगार गन्तब्य प्रभावित

news-details

विश्वव्यापीरूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि मलेसिया सरकारले बुधबारदेखि ‘लकडाउन’ गर्ने घोषणा गरेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसियाले भोलिदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन गर्ने भएपछि सबै प्रभावित हुनेभएका छन् ।

लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

मलेसियामा कार्यरत नेपालीहरु पनि प्रभावित बनेका छन् । खाद्यन्न तथा दैनिक उपभोग्य सामान किन्नेहरुको भीड छ । सवै नेपालीहरुलाई संयमित भएर सावधानी पूर्वक बस्नका लागि एनआरएन एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेले सुझाएका छन् ।

लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई समेत प्रवेश रोक लगाइएको मलेसियास्थित सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत् सञ्चालन हुने जनाइएको छ ।

 

विश्वव्यापी बनेको कोरोना संक्रमण मलेसियामा पनि देखिएको छ । मलेसियामा हालसम्म ५ सय ६६ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, अहिलेसम्म यो संक्रमणका कारण ज्यान भने गएको छैन । मलेसिया गर्मी देश भएकाले कोरोना संक्रमित ४२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *