कोरोना त्रास : वैदेशिक रोजगारका लागि सबै देशको अन्तिम श्रम स्वीकृति रोकियो

news-details

विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण वैदेशिक रोजगारीको गन्तव्य मुलुकहरुमा पनि फैलन थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृतिमा रोक लगाएको छ ।

सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने सबै देशको अन्तिम श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको हो ।

यस अघि नेपालीहरुको प्रमुख गन्तव्य मुलुक कतारले नेपालीसहित १४ देशका आप्रवासी कामदारको प्रवेशमा रोक लगाएपछि वैदेशिक रोजगार विभागले कतारका लागि श्रम स्वीकृति दिन रोके पनि अन्य मुलुकको अन्तिम श्रम स्वीकृति दिदै आएको थियो ।

पछिल्लो समय नेपालीहरुको प्रमुख रोजगार गन्तव्य कतारले आप्रवासीलाई प्रवेशमा रोक लगाउनुका साथै कुवेतले नयाँ मागपत्र दिन रोकेको थियो । यस्तै बहराइन र साउदी अरबले ट्रान्जिटको कारण देखाउदै नेपालीहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक्दा खाडी क्षेत्रमा नेपालीहरुको आवतजावत ठप्प जस्तै बनेको थियो ।

खाडी क्षेत्रमा कोरोना प्रभावले आवतजावतमा समस्या रहेपनि कोरोनाको कम प्रभाव रहेको तथा नेपालीको आवागमनमा कुनै अवरोध नभएको मलेसियाको पनि अन्तिम श्रम स्वीकृति रोकिदा समस्या उत्पन्न भएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *