कोरोनाबाट जोगिन कुवेतले गर्यो लकडाउन, दुई साता बन्दको घोषणा

news-details

 

कुवेत सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि लकडाउनको घोषणा गरेको छ । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द र सरकारी तथा नीजि क्षेत्रका लागि दुई साताको बिदा दिएको छ ।

कुवेतको मन्त्री परिषदले शुक्रवार मध्यरातदेखि उडान स्थगित गर्ने निर्णय गरेको छ । उडान स्थगित गर्नु भनेको कुवेत बाह्य संसारसँग पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहनु हो । यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । मार्च १२ देखि मार्च २६ सम्मका लागि कुवेतले सार्वजनिक विदा घोषणा गरेको हो ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।

यसैगरी मन्त्रीपरिषदले रेष्टुराँ तथा क्याफेहरुमा भेला हुन, मल तथा जिम, खेलकुदका क्लवहरु पनि बन्द गर्ने निर्णय गरेको छ । बैंकहरु पनि मार्च २६ सम्म वन्द रहनेछन् । अनलाइनबाट भनें कारोवार गर्न सकिने जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २७ पश्चात कुवेत फर्केका विदेशीलाई अनिवार्य स्वास्थ्य परिक्षण गराउन निर्देशन दिएको छ ।

कुवेत अधिकारीहरुले कुवेतमा बस्नेहरुलाई भेला नहुन तथा घरैमा बस्न सुझाव दिएका छन् । मंगलवार कुवेतमा कोरोनाको संक्रमण भएका तीनजना नयाँ विरामी पहिचान भएका थिए । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *