रोजगारदाता देशले नरोकेसम्म वैदेशिक रोजगार बन्द नगर्न व्यवसायीको माग

श्रम स्वीकृति रोकिएको छैन : विभाग
news-details

विश्वमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) भाइरसका कारण वैदेशिक रोजगारको क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । रोजगारदाता देशले कामदार लिन बन्द नगरेसम्म नेपाल सरकारले वैदेशिक रोजगार बन्द गर्न नहुने मेनपावर व्यवसायीले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै रोजगारदाता देशले कामदार लिन बन्द नगरेसम्म नेपाल सरकारले हतारमा वैदेशिक रोजगार बन्द गर्न आवश्यक नभएको बताएको हो ।

संघका महासचिव सुजित श्रेष्ठले कोरोना भाइरसलाई जोडेर यथार्थ भन्दा हल्ला बढि चलाइएकोले गन्तब्य मुलुकले कामदार नपठाउन् नभनेसम्म नेपालले कामदार पठाउन रोक्न नहुने पक्षमा संघ रहेको जानकारी दिए ।

कुवेत सरकारले भने आफ्नो मुलुकमा प्रवेश गर्ने सबै प्रकारका भिसा रोकिसकेको छ । सरकारले दक्षिण कोरियामा जाने कामदारलाई पनि तत्कालका लागि रोक्ने निर्णय गरिसकेको छ ।

श्रम स्वीकृति रोकिएको छैन : विभाग

वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय तहाचलबाट वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति मंगलबार रोकिएको छैन । कोरोना प्रभावित देशमा जाने कामदारका लागि श्रम स्वीकृति दिने कार्य स्थगित भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि तहाचल कार्यालयले श्रम स्वीकृति नरोकिएको बताएको हो ।

तहाचाल कार्यालयका प्रमुख उमेश बस्नेतले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति दिने कार्य नरोकिएको बताएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *