भारत हुँदै तेश्रो मुलुक उड्न रोक, मानव तस्करी रोकिने अनुमान

news-details

भारतको नयाँदिल्लिस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुक नउड्न नेपालीहरूलाई आग्रह गरेको छ । गैरकानूनीढंगबाट नेपालीहरुलाई भारतको बाटो हुँदै मानव तस्करी बढेको हुँदा दूतावासले त्यसलाई रोक्न सूचना जारी गरेको हो ।

भारत हुँदै तेस्रो मुलुक जान नेपालीलाई रोक लगाइएको स्मरण गराउँदै दूतावासले अनिवार्य रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगारीका लागि स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने क्रम बढेपछि भारतले रोक लगाएको थियो ।

यद्यपि, नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गर्दै आइरहेका छन् । तेस्रो मुलुक जान नेपालीलाई भारतले गरेको आग्रह पालना नभएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पुनः त्यसबारे स्मरण गराएको हो ।

भारतीय विमानस्थलमार्फत विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने स्मरण गराउँदै दूतावासले भनेको छ, ‘भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले सम्बन्धित कामदारको राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएको हुनुपर्ने छ । स्थलमार्गबाट जाने नेपालीको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेकाले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान आग्रह गरिन्छ ।’

विगतमा भारतीय विमानस्थल हुँदै ठूलो संख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने गरिएपछि दूतावासले भारत हुँदै ती खाडी मुलुक जान रोक लगाएको हो । मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्सलगायत त्यसक्षेत्रका ९ वटा देशहरू भारतीय विमानस्थल प्रयोग गरी जान रोक लगाइएको छ । व्यक्तिगत भिसामा इराक, लिविया र लेवनानदेखि कतार, साउदी यूएई, ओमान र बहराइन जानसमेत भारतीय विमानस्थल प्रयोग हुने गरेको छ ।

नेपालीले भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो । नेपालका विमानस्थल भन्दा भारतीय विमानस्थल प्रयोग गर्दा नेपालीलाई धेरै सस्तो पर्दछ । कतिपय नेपाली विदेशबाट आवतजावत गर्दा भारतीय विमानस्थल नै प्रयोग गर्छन् । भारतसम्म जहाजको प्रयोग गरेर त्यहाँबाट नेपाल आउनजान स्थलमार्गको प्रयोग गर्छन् । उनीहरुलाई भने असर पर्ने देखिन्छ ।

यसबाहेक अहिले भारतमै कार्यरत रहेका र त्यहीँबाट तेस्रो मुलुक जान चाहने नेपाली भारतबाटै उड्न पाउने छैनन् । भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *