वैदेशिक रोजगारमा रहेका कामदारको कार्यस्थलकै तथ्यांक राखिने

लोकतान्त्रिक एशोसिएशनका पदाधिकारी र श्रममन्त्री भेट
news-details

सरकारले वैदेशिक रोजगारमा रहेका कामदारको तथ्यांक राख्नका लागि गृहकार्य शुरु गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारमा रहेका कामदारको कार्यस्थलकै तथ्यांक राख्ने काम अगाडि बढेको बताएका छन् ।

नेपाली कामदार विदेश पठाएर मात्र भएन उनीहरु त्यहाँ कसरी, कहाँ र कस्तो काम गरिरहेका छन् भन्ने बुझ्न आवश्यक भएकाले काम अगाडि बढाइएको मन्त्री यादवको भनाई थियो । परराष्ट्र मन्त्रालय र नेपाली दूतावाससँगको सहकार्यमा नेपाली कामदारहरुको अवस्था बुझ्ने काम आगाडि बढाउने मन्त्रीको योजना हो ।

नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका नवनिर्वाचित पदाधिकारीहरुसँग बुधबार आफ्नै कार्यकक्षमा भेट्दै मन्त्री यादवले भने–‘ हाम्रो देशको नागरिकहरु को कहाँ छ भनेर थाहा हुँदैन, एयरपोर्टबाट विदेश पठाइ दिएपछि सकिन्छ अव त्यसो होइन उनीहरुको अवस्था कस्तो छ, के काम गर्दैछन् सबै तथ्यांक राख्ने गरी काम अगाडि बढ्दैछ ।’ वैदेशिक रोजगारमा गएको तथ्यांक हुन्छ तर त्यहाँ कार्यरत र फर्किएको सही तथ्यांक नभएको मन्त्री यादवको भनाई छ ।
मन्त्री यादवले वैदेशिक रोजगार व्यवसाय आफैमा अव्यवस्थित रहेको पनि बताएका छन् । मन्त्री यादवले भने–‘विदेशमा जाने कामदार कुनै दलको ट्याग लगाएर जाँदैनन् मजदुरको ट्याग लगाएर जान्छन् त्यसकारण सबै दल मिलेर मजदुरको पक्षमा काम गरौ ।’

वैदेशिक रोजगारबाट फर्किदा हरेक कामदारले हँसिलो अनुहार लिएर फर्किन सक्ने वातावरण बनाउन मन्त्री यादवले व्यवसायीलाई आग्रह गरे ।

लोकतान्त्रिक एशोसिएशनका नवनिर्वाचित अध्यक्ष नरेन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको व्यवसायीहरुले वैदेशिक रोजगार व्यवसायीले खेप्नु परेका समसामयिक समस्याका बारेमा जानकारी गराएका थिए ।

लोकतान्त्रिक एशोसिएशनले बुधबार नै वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई भटेर व्यवसायीका समसामयिक विषय राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *