नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरम (एशोसिएशन)का नवनिर्वाचित कार्यसमितिले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवासमा सोमबार बिहान एशोसिएशनका नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रमका साथै वैदेशिक रोजगार क्षेत्रका समस्याका बारेमा चर्चा गरिएको महासचिव भवानी निरौलाले जानकारी दिए ।

एशोसिएशनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको व्यवसायीहरुलाई सभापति देउवाले स्वच्छ र स्वतन्त्रढंगबाट भएको निर्वाचनबाट बिजयी भएका पदाधिकारीलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिए ।

लोकतान्त्रिक फोरमका नवनिर्वाचित पदाधिकारी र पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री देउवाले सवै मेनपावर व्यवसायीहरुलाई त्यहाँ जाने कामदारको हक हितमा ख्याल राख्न निर्देशन दिदै भने–‘सिंगो मुलुक बचाउने बैदेशिक रोजगारको क्षेत्रमा आई पर्ने कुनै पनि संकटमा नेपाली काँग्रेसको तर्फबाट पूर्ण साथ र सहयोग रहने छ ।’ नेपाली काँग्रससंग आबद्ध सम्पूर्ण ब्यवसायीलाई एक जुट भएर अगाडि बढ्न समेत देउवाले निर्देशन दिए ।

नवनिर्वाचित अध्यक्ष ढकाल वैदेशिक रोजगारको क्षेत्रमा केही नीतिगत सुधार आवश्यक रहेकाले पार्टीले साथ दिनु पर्ने धारणा राखे । कार्यक्रम महासचिव भवानी निरौलाले संचालन गरेका थिए ।

भेटघाट कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव सुजित श्रेष्ठ, फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

 

लोकतान्त्रिक फोरमका नवनिर्वाचित पदाधिकारी र पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता