लोकतान्त्रिक फोरमका नवनिर्वाचित पदाधिकारी र पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता

news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरम (एशोसिएशन)का नवनिर्वाचित कार्यसमितिले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवा निवासमा सोमबार बिहान एशोसिएशनका नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रमका साथै वैदेशिक रोजगार क्षेत्रका समस्याका बारेमा चर्चा गरिएको महासचिव भवानी निरौलाले जानकारी दिए ।

एशोसिएशनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको व्यवसायीहरुलाई सभापति देउवाले स्वच्छ र स्वतन्त्रढंगबाट भएको निर्वाचनबाट बिजयी भएका पदाधिकारीलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिए ।

पूर्वप्रधानमन्त्री देउवाले सवै मेनपावर व्यवसायीहरुलाई त्यहाँ जाने कामदारको हक हितमा ख्याल राख्न निर्देशन दिदै भने–‘सिंगो मुलुक बचाउने बैदेशिक रोजगारको क्षेत्रमा आई पर्ने कुनै पनि संकटमा नेपाली काँग्रेसको तर्फबाट पूर्ण साथ र सहयोग रहने छ ।’ नेपाली काँग्रससंग आबद्ध सम्पूर्ण ब्यवसायीलाई एक जुट भएर अगाडि बढ्न समेत देउवाले निर्देशन दिए ।

नवनिर्वाचित अध्यक्ष ढकाल वैदेशिक रोजगारको क्षेत्रमा केही नीतिगत सुधार आवश्यक रहेकाले पार्टीले साथ दिनु पर्ने धारणा राखे । कार्यक्रम महासचिव भवानी निरौलाले संचालन गरेका थिए ।

भेटघाट कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव सुजित श्रेष्ठ, फोरमका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *