लोकतान्त्रिक फोरमको महासचिवमा भवानी निरौलाको उम्मेदवारी

news-details

नेपाली काँग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको १० औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । फोरमको अध्यक्षका लागि आकांक्षी धेरै भएता पनि महासचिव पदका लागि भवानी निरौला अब्बल देखिएका छन् ।

अध्यक्ष पदका आकांक्षीले नेतृत्वको लागि आआफ्नो पक्षमा दावी गरिरहँदा चुनाव नै हुने प्राय निश्चित भएको छ । तर, महासचिव पदका लागि निरौलाका प्रतिस्पर्धामा केहीले नाम लिएता पनि अन्त्यमा सर्बसम्मत छोड्ने संकेत मिलेको छ ।

फोरमको कार्यसमिति सदस्य, सचिव हुँदै लामो समयदेखि वैदेशिक रोजगार व्यवसायको अनुभव संगालिसकेका निरौला नेतृत्वका लागि समेत अब्बल मानिन्छन् । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा फोरमको प्यानललाई जिताउन अहोरात्र खटेका निरौला संस्थाका लागि दिलोज्यान दिन तयार हुन्छन् ।

आफ्नो उम्मेदवारीका बारेमा निरौला भन्छन्–‘फोरमको कार्यसमिति सदस्य र सचिव भएर काम गरिरसकेको छु, अघिल्लो कार्यकालमा सहमतिका लागि महासचिव पदकै उम्मेदवारी पनि फिर्ता लिएर संस्थाका लागि त्याग गरेको छु, संस्थामा यस पटक सबै व्यवसायीले महासचिवमा जानका लागि अनुरोध गरेको हुँदा मैले उम्मेदवारी घोषणा गरेको छु ।’

ब्लेज एशोसियट्स प्रालिका संचालक निरौला व्यवसायी माझ परिचित नाम हो । वैदेशिक रोजगारमा देखिएका नीतिगत समस्या समाधानका लागि, व्यवसायीक एकताका लागि, व्यवसायीहरुका हकहितका लागि संस्थागतरुपमा आवाज उठाउन आफ्नो उम्मेदवारी रहेको निरौलाको भनाई छ ।

फोरमको दशौं साधारणसभा पश्चात हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । माघ २४ गते अनुपम फुडल्याण्डमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *