वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल नियुक्त

news-details

सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाललाई नियुक्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागका महानिर्देशक भिष्म कुमार भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेर राष्ट्रिय सूचना आयोगमा सहसचिव रहेका दाहाललाई विभागमा ल्याएको हो ।

नवनियुक्त महानिर्देशक दाहालले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवं सुरक्षित बनाउन आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन ।

यसअघि वैदेशिक रोजगार विभागमा निकै सुधारात्मक कामको थालनि गरेका निर्वतमान महानिर्देशक भिष्म भुषालको कामलाई निरन्तरता दिदै यस क्षेत्रमा रहेका विकृतिहरुको अन्त्य गर्ने चुनौती अब दाहालको काधमा आएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *