लोकतान्त्रिक फोरमको उपाध्यक्षमा जनक खड्काको उम्मेदवारी

news-details

नेपाली कांग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको आगामी नेतृत्वमा उपाध्यक्ष पदका लागि व्यवसायी जनक खड्का (प्रकाश)ले उम्मेदवारी दिएका छन ।

अन्य पदमा आकांक्षीहरु धेरै देखिएपनि उपाध्यक्ष पदमा खडका बाहेक अरु आकांक्षी नदेखिदा उनको सर्वसम्मत हुने संभावना बढेर गएको छ । फोरम कार्यसमितिको पूर्वसदस्य समेत रहेका खड्का व्यवसायीहरुमाझ जुझारु र स्पष्ट वक्ताकोरुपमा चिनिन्छन ।

वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर लागिरहेका खड्का डिलक्स एचआर शोलुसनका संचालक हुन । उनले व्यवसायीक हकहित स्थापनाका लागि आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन ।

‘विगत लामो समयदेखि यस व्यवसायको क्षेत्रमा लागेको हुनाले व्यवसायीहरुका हरेक समस्या मैले बुझेको छु, व्यवसायीक हकहित स्थापना र ती समस्या समाधानमा प्रतिवद्ध रहने गरी नै फोरमको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’ खड्काले भने –‘विगत लामो समयदेखि कार्यसमितिमा रहदा होस या बाहिर रहदा होस व्यवसायीक हकहितका लागि निरन्तर लडिरहेको छु, आशा छ व्यवसायीहरुले उपाध्यक्ष पदको जिम्मेवारी दिएर अझ सशक्त ढंगमा काम गर्ने अवसर दिनेछन ।’

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौ साधारणसभा यही माघ २४ गते अनुपम फुडल्याण्डमा हुदैछ । साधारणसभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ७ पदाधिकारी र १४ जना कार्यकारी सदस्यहरु सहित २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

तर कार्यसमितिका ७ पदाधिकारी र दश सदस्य सहित १७ जनाको मात्र निर्वाचन हुन्छ । बाँकी ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *