लोकतान्त्रिक फोरममा चुनावी रौनक : सचिवमा काफ्ले बलियो

news-details

नेपाली कांग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको साधारणसभा नजिकिदै जादा नेतृवका लागि रस्साकस्सी सुरु भैसकेको छ । यसै क्रममा महत्वपूर्ण पद मानिने सचिवमा पनि आकांक्षीहरु देखिन थालेका छन ।

सचिव पदका लागि वर्तमान कार्यसमितिका कोषाध्यक्ष कमल काफ्लेसँगै सदस्यद्धय प्रकास बोहरा र भोजराज भुसालले आकांक्षा देखाएका छन । एक कार्यकाल पदाधिकारीको जिम्मेवारी कुशलतापूर्वक निभाएका काफ्ले यस दौडमा बलियो दावेदार मानिएका छन ।

आफु सचिव पदको स्वभाविक उम्मेदवार भएको भन्दै काफ्लेले अन्य आकांक्षी साथिहरुले पनि अन्तिममा आफ्नो नाममा सहमति जनाउने आशा राखेको बताए । ‘लोकतान्त्रिक अभ्यासमा दावेदारीहरु आउनु स्वभाविक हो, तर मैले यस अघि फोरम कार्यसमितिमा पु¥याएको योगदानको कदर गर्दै फोरमका सम्पूर्ण साथीहरुले सचिवमा मलाई सर्वसम्मत गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’ काफ्लेले भने ।

लामो समयदेखि फोरममा आवद्ध रहेर संस्थाको गरिमालाई उच्च बनाउन लागिपरेको भन्दै काफ्लेले सचिवको जिम्मेवारी पाए आगामी दिनमा फोरमलाई संस्थागत बनाउन आफु थप प्रतिवद्ध भएर लाग्ने बताए । ‘व्यवसायीहरुको हकहितका साथै फोरमलाई वैदेशिक रोजगार व्यवसायी संघकै दाजोमा पु¥याउने प्रतिवद्धतासहित सचिव पदमा दावेदारी दिएको हुँ’ काफ्लेले भने ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौ साधारणसभा यही माघ २४ गते अनुपम फुडल्याण्डमा हुदैछ । साधारणसभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ७ पदाधिकारी र १४ जना कार्यकारी सदस्यहरु सहित २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

तर कार्यसमितिका ७ पदाधिकारी र दश सदस्य सहित १७ जनाको मात्र निर्वाचन हुन्छ । बाँकी ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *