वैदेशिक रोजगारीमा जाने र फर्किने नेपालीको आधिकारिक तथ्याङ्क राख्न सुरु

news-details

सरकारले वैदेशिक रोजगारमा जाने र फर्कने कामदारको आधिकारिक तथ्यांक राख्न सुरु गरेको छ । वैदेशिक रोजगार विभागले अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा सोमबारदेखि विदेश जाने र फर्कने नेपालीको तथ्याङ्क राख्न थालेको हो ।

यसअघि वैदेशिक रोजगारीमा जादा लिइने अन्तिम श्रम स्वीकृतिलाई विदेश गएका नेपालीको तथ्याङ्क मानिने गरेपनि फर्कनेहरुको भने कुनै तथ्याङ्क राख्ने गरिएको थिएन । उता अन्तिम श्रम स्वीकृति लिने सबै नेपाली विदेश गएको या नगएको पनि तथ्याङ्क प्रष्ट हुने गरेको थिएन ।

अब अध्यागमन विभागले पनि छुट्टै तथ्याङ्क राख्न थालेपछि अन्तिम श्रमस्वीकृति लिने कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्याङ्कसँगै विजनेश र टुरिष्ट भिसामा विदेशिने र फर्कनेको पनि तथ्याङ्क रहने हुदा कुन देशमा कति नेपाली वैधानिक वा अवैधानिक भएर बसेका छन् त्यो पनि प्रष्ट हुने विभागले जनाएको छ ।

अध्यागमन विभागसँगको सहकार्यमा जुनसुकै भिसामार्फत विदेश जाने नेपालीको पनि तथ्याङ्क राख्ने कार्य सुरु भएकोमा यसले अबका दिनमा विदेशमा कुनैपनि नेपाली समस्यामा पर्दा र सम्पर्कविहीन हुँदा खोजीका लागि पनि सहयोग पुग्ने विभागको विश्वास छ ।

विभागका अनुसार अहिले दैनिक सरदर एकहजार जनाले अन्तिम श्रम स्वीकृति लिने गरेको र झन्डै ४५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *