सरकारले खाडिका ४ मुलुकका लागि भर्खरै नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरलाई वैदेशिक रोजगार व्यवसायीहरुले कार्यकाल सफलताको शुभकामना दिदै सहकार्यका लागि आग्रह गरेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजधानीमा ‘परिचयात्मक एवं शुभकामना’ कार्यक्रमको आयोजना गरी नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरलाई उक्त मुलुकमा रहेका नेपाली श्रमिकका साथै मेनपावर व्यवसायीहरुले भोग्नुपरेका समस्या समाधानका लागि सहकार्य गरेर अघि बढन सुझाव दिएको छ ।

नवनियुक्त ‘श्रम सहचारी र काउन्सेलर’लाई सहकार्य गरेर काम गर्न वैदेशिक रोजगार व्यवसायीको सुझाव

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक कुनै पनि समस्यामा पर्न हुदैन भन्नेमा व्यवसायीहरु प्रतिवद्ध रहेको धारणा राख्दै व्यवसायी माथि परेका मर्काबारे पनि सोचिनुपर्ने बताएका छन । उनले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै व्यवसायीहरु निरन्तर सम्पर्कमा रहने भन्दै सहकार्य गरेर अघि बढन सुझाव दिएका छन ।

नवनियुक्त ‘श्रम सहचारी र काउन्सेलर’लाई सहकार्य गरेर काम गर्न वैदेशिक रोजगार व्यवसायीको सुझाव

कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालले रोजगारदाता मुलुकमा विद्यमान अफ्ठयाराहरु नबुझि नेपाल सरकारले नीति नियम ल्याउदा वैदेशिक रोजगारको क्षेत्र झनझन समस्यातर्फ उन्मुख भैरहेको भन्दै त्यहाँको अफ्ठयाराहरुबारे सरकारलाई अवगत गराउन नवनियुक्त श्रम सहचारीहरुलाई सुझाव दिएका थिए ।

यस्तै संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले माग प्रमाणिकरण गर्दा व्यवसायीहरुले धेरै झण्झट झेल्नुपरेको भन्दै यसलाई अनलाइन सिस्टममा लैजाने पहलका लागि आग्रह गरेका थिए । संघकै पूर्वअध्यक्ष एवं सल्लाहकार विमल ढकालले एकातिर श्रम मन्त्रालयले पपुलर बन्न अफ्ठयारा निर्णय गर्ने र अर्कोतिर परराष्ट्र मन्त्रालयले यस क्षेत्रको पीडा नै नबुझिदिने अवस्था हुदा व्यवसायीहरु दोहोरो मारमा परेको भन्दै यसको सहजिकरणका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

नवनियुक्त ‘श्रम सहचारी र काउन्सेलर’लाई सहकार्य गरेर काम गर्न वैदेशिक रोजगार व्यवसायीको सुझाव

कार्यक्रममा युएईका लागि श्रम काउन्सेलरमा नियुक्त निर्मला थापाले मन्त्रालयबीचको समन्वय कायम गराउदै आफुहरु वातावरण सहज बनाउन लागिपर्ने बताइन भने साउदी अरबका लागि श्रम काउन्सेलरमा नियुक्त जिवन कुमार राईले व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आफुहरुले जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका थिए ।

नवनियुक्त ‘श्रम सहचारी र काउन्सेलर’लाई सहकार्य गरेर काम गर्न वैदेशिक रोजगार व्यवसायीको सुझाव

सरकारले हालसालै मात्र साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई नियुक्त गरेको छ भने बहराइनका लागि श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाल र कतारका लागि अनुज गौतमलाई नियुक्त गरेको छ ।