अनलाइनबाटै जागिर खोज्न ‘अनलाइन जब फेयर’ हुँदै

माघ १५ र १६ मा जव फेयर, मोबाइलबाटै जागिर खोज्न सकिने
news-details

नेपालमै पहिलो पटक भर्चुअल जब फेयर हुने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन हुनेछ ।

आस्क मी म्यानेजमेन्टले माघ १५ र १६ गते दुई दिनसम्म अनलाइन जव फेयर गर्न लागिएको हो । कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ ।

जब फेयरमा घरमै बसी बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यबस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले जानकारी दिदै भनिन्–‘ आस्कमी म्यानेजमेण्टको वेब पोर्टल आस्कमी कन्सल्ट डटकमम लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सीधै जब एप्लिकेशन दिन सकिन्छ ।’

‘कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी जब फेयरबाट लिन सक्नेछन् भने जागिरको खोजीमा भौंतारिएकाहरु तथा जागिर परिवर्तन गर्न चाहनेहरुका लागि जब फेयर उचित गन्तव्य हुनेमा हामी विश्वस्त छौं’ क्षेत्रीले भनिन् ।

क्षेत्रीका अनुसार यो नेपालको लागि बिल्कुलै नयाँ कन्सेप्ट हो । जब फेयर मा ५० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने छन् भने कम्तीमा १ लाख जब सिकरहरुले अनलाईन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ । नेपाल मात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन् ।

जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्कमी कन्सल्ट डटकममा गएर आफ्ना व्यक्तिगत तथा शैक्षिक योग्यता लगायतका सबै विवरण भरेर एकाउण्ट बनाउनु पर्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *