श्रम कानूनमा कतार लचिलो बन्दै, घरेलु कामदारलाई पनि एक्जिट परमिट नचाहिने

news-details

 

धेरै नेपालीहरु कार्यरत मुलुक कतारले आफ्नो श्रम कानून लचिलो बनाउँदै गएको छ । श्रमिकका पक्षमा धेरै नियम कानून कतारले लगाउँदै गएको छ । श्रम कानूनले नछुने घरेलु कामदारलाई समेत एक्जिट परमिट (खुलुस पत्र) नचाहिने भएको छ ।

कतारले यसअघि नै श्रम कानूनले समेट्ने क्षेत्रमा कार्यरतहरुलाई देश बाहिर जानका लागि एक्जिट परमिट आवश्यक नपर्ने निर्णय गरिसकेको छ । अहिले आएर श्रम कानूनले नछुने क्षेत्र घरेलु कामदारलाई समेत एक्जिट परमिट आवश्यक नपर्ने निर्णय गरेपछि धेरै कामदार लावान्वित हुने भएका छन् ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार अवदेखि कतारमा कार्यरत कुनै घरेलु कामदार स्वदेश फर्किन चाहेमा अव सहज हुने भएको छ । आफ्नो सम्झौता अवधिभित्रै स्वदेश फर्किन चाहने त्यस्तो घरेलु श्रमिकले स्वदेश फर्किन चाहेमा ७२ घण्टा (तीन दिन) अगाडी आफ्नो रोजगारदातालाई जानकारी दिनुपर्नेछ । पूर्व जानकारी नदिएकाहरुले भनें बाँकी रकम, फर्किने टिकटको सुविधा पाउने छैनन् भनें उनीहरुलाई पुनः कतार आउन ४ बर्षे बन्देज लाग्नेछ ।

त्यसैगरी नीजि क्षेत्रमा काम गर्नेहरु, कृषि क्षेत्रमा काम गर्नेहरु, कतारको समुद्री क्षेत्रमा काम गर्नेहरु, ग्यास तथा यससँग सम्वन्धित क्षेत्रमा काम गर्नेहरु र कतारको मन्त्रालय, सार्वजनिक संस्थाहरुमा काम गर्नेहरुलाई पनि कतार छोडेर स्वदेश फर्किन एक्जिट पर्मिट नचाहिने व्यवस्था यसअघि नै भइसकेको छ ।

कुनै रोजगारदाताले आफूसँग कार्यरत कुनै कामदार स्वदेश फर्किदा आफ्नो अनुमति चाहिने भएमा त्यसको अग्रिम जानकारी सरकारी निकायलाई गराउनु पर्ने व्यवस्था छ । तर यसरी रोजगारदाताले स्वदेश फर्किन चाहने श्रमिकले अनिवार्य रुपमा आफ्नो अनुमति लिनु पर्ने व्यवस्था कुल श्रमिक मध्ये ५ प्रतिशत भन्दा बढीलाई राख्न पाउने छैन ।

राष्ट्रिय मानव अधिकार आयोग, कतारमा नेपाली हेल्प डेस्कमा नेपाली समुदायको प्रतिनिधिका रुपमा कार्यरत प्रो. रमजान अलि मियाँका अनुसार कतारमा कार्यरत आप्रवासी कामदारहरुले कतार सरकारको यस निर्णयको स्वागत गरेका छन् र खुशी व्यक्त गरेका छन् ।

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारले एकपछि अर्को महत्वपूर्ण कानूनी सुधारको घोषणा गर्दै गएको छ । यसले खाडी क्षेत्रका अन्य मुलुकहरुलाई पनि कानूनी सुधारका लागि दवाव बढाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *