विदेश पठाउने भन्दै ठग्ने स्वामी शिवानन्द पक्राउ

news-details

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सोमबार पक्राउ गरेको हो ।

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वासन देखाएर रकम उठाएर विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उजुरी दिएपछि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

भण्डारीले चेक गणतन्त्र पठाइदिन्छु भन्दै पैसा उठाएको बताइएको छ । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । टौदहमा उनको आश्रम समेत रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *