वैदेशिक रोजगार पत्रकार समाजमा थापा, सर्वसम्मतले नयाँ नेतृत्व चयन

news-details

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा हरिबहादुर थापा चयन भएका छन । शनिबार आयोजित समाजको विशेष साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

पुर्नगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज भट्टराई, उपाध्यक्षमा रेडियो कान्तिपुरकी इन्द्रलक्ष्मी घिमिरे, महासचिवमा मध्यान्ह राष्टिय दैनिकका रेशम राज पौडेल, सचिवमा सामुदायिक सूचना नेटवर्क (सिएनआइ)का केशब भुल र कोषाध्यक्षमा नेपाललाइभ अनलाईनकी निर्मला घिमिरे चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा नयाँ पत्रिका अनलाईनकी अरिश्मा मोक्तान, अर्थ र रोजगार टेलिभिजनकी रिना श्रेष्ठ, नेपाल साप्ताहिककी कल्पना भट्टराई, डिसी नेपाल अनलाईनका विनेश खनाल, विकाश न्युजकी सुनिता पुडासैनी रहेका छन् ।

समाजको कार्यसमितिले सल्लाहकारहरुमा मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदन कुमार श्रेष्ठ, नागरिक राष्ट्रिय दैनिकका रुद्र खड्का, जनसवाल दैनिकका सम्पादक रामजी बगाले, राजधानी राष्ट्रिय दैनिकका मधुजंग पाण्डे र नयाँ पत्रिकाकी मुना कुँवर चयन गरेको छ ।

वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरुको संस्थाका रुपमा समाज दश वर्ष अघि स्थापना भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *