कोरिया रोजगारीका लागि भएको सीप परीक्षणको नतिजा सार्वजनिक, ६ हजार ७७३ जना उत्तीर्ण

news-details

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षा उत्तिर्ण परीक्षार्थीहरुलाई लिइएको सीप परीक्षणमा ६ हजार ७७३ जना नेपाली उत्तीर्ण भएका छन् ।

सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएकोमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि लिइएको सीप परीक्षणमा उक्त संख्यामा नेपाली युवा–युवती उत्तीर्ण भएको कोरियाको मानव संसाधन विभाग ९एचआरडी०ले जानकारी दिएको छ ।

भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको भिडियोको माध्यमबाट सीप परीक्षण गरीएको थियो । सीप परीक्षामा उत्तिर्ण भएपछि कोरिया रोजगारीमा जानका लागि योग्य हुने इपिएस कोरिया शाखाले जनाएको छ । अब सीप परीक्षामा उत्तिर्णहरुको सूचीबाटै कोरियाली रोजगारदाताले कामदार छनोट गर्नेछन ।

कोरियाले सीप परीक्षाको नतिजा सार्वजनिक गरेपनि उत्पादन र कृषि क्षेत्रमा केकति संख्यामा उत्तीर्ण भएको भन्ने विस्तृत विवरण भने खुलाएको छैन ।

कोरियाले पहिलो पटक यसै वर्षदेखि सीप परीक्षण शुरु गरेको हो । यसअघि भाषा परीक्षा मात्र पास गरे पुग्नेमा अदक्ष कामदार प्रवेश गर्ने क्रम बढेको भन्दै यो वर्षदेखि भिडियोमा आधारित सीप परीक्षा लिन सुरु गरेको हो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *