‘माइग्रेसन इन नेपाल प्रोफाइल’ सार्वजनिक, नेपाली श्रमिकको अवस्था कष्टकर रहेको निश्कर्ष

news-details

आज डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसर पारेर नेपाली श्रमिकहरुको अवस्थाको चित्रणसहितको प्रतिवेदनात्मक जर्नल ‘माइग्रेसन इन नेपाल, अ कन्ट्रि प्रोफाइल-२०१९’ सार्वजनिक गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, आइओएमका चिफअफ नेपाल, युएनका चिपअफ नेपाल र रोजगारविद् डा. गणेश गुरुङले ‘अन्तर्राष्ट्रिय आप्रवासन डे’को अवसरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरेका हुन ।

उक्त जर्नलमा नेपालमा माइग्रेसनको अवस्थाका बारेमा सतहि विश्लेषण गरिनुका साथै नेपालको माइग्रेसनको अवस्था ज्यादै नाजुक रहेको र नेपाली श्रमिकहरु अधिक मात्रामा समस्यामा पर्नेगरेको तथा उनीहरुको अवस्था कष्टकर रहेको निश्कर्ष उल्लेख छ ।

कार्यक्रममा श्रम मन्त्री यादवले आफुहरुले श्रम बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन नीतिगत सुधारका काम र गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्ने काम गरिरहेको जानकारी दिदै नेपाली कामदारले दुःख नपाउन भनेर उनीहरुको समस्या समाधानमा मन्त्रालय प्रतिवद्ध भएर लागिरहेको बताए ।

अब सीप सिकेर मात्र स्वदेशी तथा वैदेशिक रोजगारीका क्षेत्रमा प्रवेश गर्न सबैलाई आग्रह गर्दै मन्त्री यादवले यसो भएमा धेरै समस्या स्वत : न्यूनिकरण हुने पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *