वैदेशिक रोजगारमा जानेले अनिवार्य वित्तिय साक्षरतासम्बन्धी कक्षा लिएर मात्र उड्नुपर्ने सरोकारवालाले औल्याएका छन् । वैदेशिक रोजगारमा जाने भनेकै पैसा कमाउन भएता पनि पैसाको सही सदुपयोग गर्न नजान्दा धेरैले दुःख पाएको उनीहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसर पारेर राजधानीमा शुक्रवार नेपाल वैदेशिक रोजगार अभिमूखिकरण व्यवसायी महासंघले ‘कामदारका लागि रेमिट्यान्स र वित्तिय साक्षरतामा अभिमूखिकरण तालिमको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रमका वत्ताहरुले वैदेशिक रोजगारमा वित्तिय साक्षरता नहुँदा वैदेशिक रोजगारबाट लाभ लिन नसकिएको बताएका हुन् ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेश जानु पुर्व दिइने अभिमूखिकरण तालिममा नै वित्तिय साक्षरताको विषयलाई पाठ्यक्रममा राखेर प्राथमिकता दिने बताए । उनले भने–‘ एक महिना भित्र अभिमूखिकरण तालिमसम्बन्धी पाठ्यक्रम परिमार्जन गरिदैछ, त्यसमा वित्तिय साक्षरतासम्बन्धीको विषयले महत्वपूर्ण स्थान पाउनेछ ।’

उनले पैसा कसरी बचत गर्ने वा सही सदुपयोग गर्ने भन्ने जानकारी नहुँदा रेमिट्यान्सको सट्टा महंगा मोवाइल र टेलिभिजन भित्रिरहेको बताए । ‘हामीले रेमिट्यान्सको सट्टा महंगो मोवाइल र टेलिभिजन ल्याइरहेका छौ, यो पक्कै राम्रो होइन ।’

वैदेशिक रोजगारमा जानेलाई अव वित्तिय साक्षरता

नेपाल राष्ट्र वैंकका उपनिर्देशक डा.भागवत आचार्यले गरिवी निवारणमा रेमिट्यान्सले योगदान पु¥याएता पनि सही सदुपयोग हुन नसकेको औल्याए । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले विदेश जान लागेका युवाहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिन सकेमा धेरै लाभ लिन सकिने तर्क दिए ।

कार्यक्रममा ग्लोवल आइएमई वैंकका डिसिओ महेश शर्मा ढकालले वैदेशिक रोजगारको कमाई सुरक्षित बनाउनु पर्छ भनेर नीजि क्षेत्रका वैंक तथा रेमिट्यान्स कम्पनीहरुले काम गरिरहेको बताए ।

वैदेशिक रोजगारमा जानेलाई अव वित्तिय साक्षरता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र नेपाल अभिमूखिकरण व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार पूर्णवहादुर मल्लले सुरक्षित वैदेशिक रोजगार बनाउनका लागि सवैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा  ‘रेमिट्यान्स र वैकिङको अन्तरसम्बन्ध’का विषयमा ग्लोवल आइएमई बैंकका रञ्जन थापा र ‘वित्तिय जानकारीका लागि अभिमूखिकरण तालिमको भूमिका’ विषयमा फियोनाका उपाध्यक्ष विष्णु गोपाल गड्तौलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
वित्तिय साक्षरता हुँदा हुण्डी रोकिने, बचत गर्न सकिने, सही ठाउँमा पैसाको सदुपयोग हुने र भोलिका दिनमा स्वदेशमा नै केही गर्न सकिने अवस्था सृजना हुनेछ ।

वैदेशिक रोजगारमा जानेलाई अव वित्तिय साक्षरता

कार्यक्रममा महासंघका अध्यक्ष राजाराम गौतमले अभिमूखिकरण तालिम कामदारका लागि सबैभन्दा उपयुक्त तालिम भएकाले उनीहरुका लागि वित्तिय साक्षरतासम्बन्धी धेरैभन्दा धेरै जानकारी दिन आवश्यक भएको बताए । उनले भने–‘विदेशको कमाइ सुरक्षित भएमा मात्र वैदेशिक रोजगार सार्थक हुन्छ ।’

वैदेशिक रोजगारमा जानेलाई अव वित्तिय साक्षरता