अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौं छिर्ने मुख्य नाका तथा चोकमा ट्राफिक जनचेतना कार्यक्रम गरेको छ ।

संघले महानगरीय ट्राफिक महाशाखाको सहकार्यमा स्वदेश वा वैदेशिक रोजगारमा जाने सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउनका लागि कार्यक्रम गरेको हो ।

संघले शुक्रबार बिहान ट्राफिक नियमका बारेमा सर्वसाधारण र चालकहरूलाई पालना गराउने बारेमा जानकारी गराए । काठमाडौं छिर्ने मुख्य नाका थानकोट, साँगा, बालाजु साथै मुख्य चोकहरु गौशाला, एयरपोर्ट, कोटेश्वरमा कार्यक्रम गरिएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।


आप्रवासी कामदार दिवसमा संघको ट्राफिक जनचेतना

संघका प्रथम उपाध्यक्ष कमल तामाङको संयोजकत्वमा गौशाला चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । तामाङले भने–‘वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली कामदारहरुमा ट्राफिक नियम सम्बन्धी ज्ञान नहुँदा मृत्यु हुनुपरेको छ, यसमा कमी ल्याउन हाम्रो जनचेतनामुलक कार्यक्रम केवल शुरुवात मात्र हो ।’

संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लको संयोजकत्वमा बालाजु चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । त्यस्तै संघका तृतीय उपाध्यक्ष किशोर कुमार केसीको संयोजकत्वमा कलंकी चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

संघका महासचिव सुजित श्रेष्ठको संयोजकत्वमा एयरपोर्ट चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । संघका सचिव मेघनाथ भुर्तेलको संयोजकत्वमा कोटेश्वर चोकमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । ट्राफिक प्रहरीको सहयोगमा गरिएको जनचेतनामुलक कार्यक्रममा संघका अध्यक्ष विष्णु गैरे, सल्लाहकार प्रज्ञान न्यौपाने, विमल ढकालको उपस्थिति रहेको थियो ।

आप्रवासी कामदार दिवसमा संघको ट्राफिक जनचेतना

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

सरोकारवाला निकायले विभिन्न कार्यक्रमहरु देश, विदेशमा मनाइरहेका छन् ।

आप्रवासी कामदार दिवसमा संघको ट्राफिक जनचेतना