‘सीप र रोजगार : आर्थिक संमृद्धिको आधार’ राष्ट्रिय नाराका साथ आप्रवासी कामदार दिवस मनाइदै

news-details

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस (इन्टरनेशनल माइग्रेशन डे) २०१९ साताव्यापी कार्यक्रम गर्दै यस बर्ष मनाइने भएको छ । ‘सीप र रोजगार : आर्थिक संमृद्धिको आधार’ राष्ट्रिय नाराका साथ डिसेम्बर १८ तारिखमा पर्ने दिवसलाई साताब्यापी कार्यक्रम गरेर मनाइने भएको हो ।

स्वदेश होस् या वैदेशिक रोजगारमा जानका लागि सीप सिक्न प्रेरित गर्दै सुरक्षित वैदेशिक रोजगारका लागि जनचेतना फैलाउनका लागि यो दिवस मनाइने जनाइएको छ । डिसेम्बर १२ तारिखदेखि स्थानीय तह, राजधानी तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर दिवसलाई साताव्यापी मनाइन लागेको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको संयोजकत्वमा सरोकारवाला निकायसहितको आप्रवासी कामदार दिवस मनाउनका लागि मुल सामारोह समिति गठन भएको छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि जनचेतना, ध्यानकर्षण, अन्र्तक्रिया, कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *