‘जिरो कष्ट’मा एक लाख २५ हजार, रसुवा ओभरसिजमा विभागको छापा, रङ्गेहात पक्राउ

news-details

नेपाल सरकारले यूएईसँग श्रम सम्झौता गर्दै जिरो कष्टमा नेपाली कामदार पठाउने भनेर सहमति गरेको मसी सुक्न नपाउँदै त्यसको ठाडो उल्लघंन भएको छ । यूएई उड्ने अधिकांश कामदारले एक लाख भन्दा बढि तिर्ने गरेको पाइएको छ ।

युएई जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा वैदेशिक रोजगार विभागले रङ्गेहात फेला पारेपछि नेपालीहरुले बढि पैसा तिरेको पुष्टी भएको हो ।

बैदेशिक रोजगार विभागले काठमाडौं सिनामङ्गलस्थित रसुवा ओभरसिजमा छापा मार्दा दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा रङ्गेहात फेलापारी नगद रकम वरामद गरेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले जनाएका छन् ।

यूएई जाने कामदारसँग प्रति व्यक्ति एक लाख २५ हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार विभागले मेनपावरमा छापा मारेको हो ।

दुवईको टमाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति एक लाख २५ हजार माग गरिरहेको भनी सुरेन्द राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । सोहि उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको महानिर्देशक भुसालको भनाई छ ।

विभागको टोली मेनपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको हो । अन्य तीन जनासँग यस भन्दा अघि नै जितवहादुर वमजनले नगदै पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार मेनपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन ।

पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा मेनपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।

पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएर विभागले पाँचै जनालाई वुधवारको टिकट उपलव्ध गराउन मेनपावरलाई निर्देशन दिएको छ । ‘थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको छ’ महानिर्देशक भुषालले भने ।

युएईका लागि टिकट र भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार युएई जाने नेपाली कामदारको लागत रकम रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नुपर्ने छैन भनिएको छ ।

यता मेनपावर व्यवसायीहरुले जिरो कष्टमा कामदार पठाउने नसकिने भन्दै एक महिना बराबरको सेवा शुल्क लिन पाउनु पर्ने माग राख्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *