मिल्न थाल्यो मेनपावर व्यवसायी र श्रम मन्त्रालयको ‘ट्युनिङ’, सहकार्य गरेर अघि बढन तत्पर

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामेश्वर राय यादव नयाँ मन्त्रीकारुपमा आएसँगै वैदेशिक रोजगार व्यवसायी र मन्त्रालयबीच यसअघि विग्रिएको सम्वन्धमा एकाएक ‘युटर्न’ आएको छ ।

आइतबार नवनियुक्त मन्त्री यादवलाई स्वागत गर्न गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधीमण्डललाई विगत बिर्सेर छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता मन्त्री यादवले जनाएपछि उक्त सम्वन्धले नयाँ मोड लिने संकेत देखिएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान रहेको भन्दै मन्त्री यादवले व्यवसायीका समस्या आफ्नो पनि समस्या भएकाले यसलाई समाधान गर्न मन्त्रालय व्यवसायीहरुसँगै मिलेर काम गर्न तत्पर रहेको बताएका थिए ।

‘जबसम्म श्रम मन्त्रालय र मेनपावर व्यवसायीबीच समन्वय र सदासयताको वातावरण बन्दैन तबसम्म हामी कसैलाई यसले फाइदा पु¥याउदैन’ मन्त्री यादबले व्यवसायीहरुसँग भने –‘विगतमा के भयो त्यतातिर नजाऔ, अब मेनपावर व्यवसायीसँग छलफल, समन्वय तथा सहकार्य गरेर अगाडि बढन हामी तयार छौ ।’

सो अवसरमा मन्त्री यादवले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित तथा पारदर्शी बनाउन र कामदारको सुरक्षाको सुनिश्चितता गर्नका लागि सरकारसँगै व्यववसायीहरु पनि प्रतिवद्ध बन्नुपर्ने भन्दै अब सीप सिकाएर मात्र विदेशिने बातावरण बनाउन र स्वदेशमै पनि सीपयुक्त जनशक्ति उत्पादनमा लाग्न मेनपावर व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

यसअघिका मन्त्री गोकर्ण विष्टले पटक–पटक आग्रह गर्दापनि मेनपावर व्यवसायीसँगको भेटवार्ता र सहकार्यलाई वेवास्था गरेको भन्दै संघका प्रथम उपाध्यक्ष कमल तामाङले वर्तमान मन्त्री यादबले कार्यभार सम्हाल्दै गर्दा व्यवसायीहरुसँगको सहकार्यमा जोड दिनु सकारात्मक पक्ष रहेको बताए ।

सो अवसरमा संघका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरुको छाता संगठन भएको नाताले सहकार्य गर्दै अघि बढन संघ तत्पर रहेको बताएका थिए भने संघका अध्यक्ष विष्णु गैरेले व्यवसायीहरुले सदैव सरकारलाई साथ दिएको र अब पनि यसलाई निरन्तरता दिदै सहकार्य तथा छलफलका लागि आफुहरु तयार रहेको प्रतिवद्धता गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *