श्रम स्वीकृतिका लागि ‘ई– टोकन’ प्रणाली लागू हुँदै, खबर मोबाइलको म्यासेजमै आउने

news-details

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिको प्रक्रियालाई सरल र झण्झटरहित बनाउन आउदो मंसिर १५ गतेदेखि ‘ई–टोकन’ र ‘म्यासेजिङ’ सेवा सुरु गर्ने भएको छ ।

ई–टोकन र म्यासेजिङ सेवा सुरु भएपछि अनलाइन आवेदन पेश गर्ने बित्तिकै श्रम स्वीकृति कुन दिन पाउने भन्ने सुचनाका साथै श्रमस्वीकृति निस्किएको–ननिस्किएको वा कागजपत्र पुगे–नपुगेको सुचना मोबाइलको म्यासेजमै आउने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताउनुभयो ।

महानिर्देशक भुसालले सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा नै श्रम स्टीकर पठाउने व्यवस्थासमेत हुने हुनाले अनलाइन फाराम भर्दा सही नम्मर प्रयोग गर्न आग्रह गरेका छन । साथै अनलाइन फाराम भर्दा नै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्नसमेत सकिने हुदा लाइन बस्ने र कुर्ने झण्झटिलो प्रक्रियाको अब अन्त्य हुने महानिर्देशक भुसालको दावी छ ।

विभागका सम्पूर्ण कामकारवाही अनलाइन प्रविधिमार्फत गर्ने योजना अनुसार यसअघि नै विद्युतीय स्टीकर अर्थात ई–स्टीकरको सेवा सुरु भैसकेको र बीमा र कल्याणकारी कोषको पैसा पनि विद्युतीय माध्यमबाट तिर्ने व्यवस्थाका साथै कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन अनलाइन प्रणालीसमेत तयार भै सकेको विभागले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *