स्वदेशमै श्रमशक्तिको व्यवस्थापन गर्दै वैदेशिक रोजगारका वेथिति हटाउछौ : नवनियुक्त श्रममन्त्री यादव

news-details

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले स्वदेशमै रोजगारीका अवसर प्रसस्त सिर्जना गरिने र  बाध्यताले विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै  वैदेशिक रोजगारीका क्षेत्रमा रहेका वेथितिलाई पनि हटाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

बिहिबार अपरान्ह मन्त्रालयमा पदवहाली गर्न पुगेका मन्त्री यादवले संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्दै श्रमशक्तिको व्यवस्थापन स्वदेशमै गर्नेगरीका नीति ल्याइने बताए ।

‘हाम्रो उद्देश्य नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाउने नभई स्वदेशमै उनीहरुको खपत गर्ने हो र पठाउनै परेपनि दक्ष बनाएर इज्जतसँग जाने गरी मात्र पठाउने वातावरण बनाउछौ’ मन्त्री यादवले भने –‘अब विदेश जादा मात्र होइन स्वदेशमै पनि सीपयुक्त जनशक्ति उत्पादन र यसको खपत हुनेगरी काम हुन्छ ।’

रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउदै समग्र क्षेत्रलाई नै भ्रष्टाचारमुक्त बनाउन शुन्य सहनशिलताको बाटो आफुले अपनाउने बताउदै मन्त्री यादवले यसमा कुनैपनि सम्झौता नहुने र जस्तोसुकै मुल्य चुकाउन पनि आफु तयार रहने जनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *