श्रम मन्त्रालयबाट गोकर्ण विष्ट हुनेभए आउट, मलेसिया रोजगारी बन्यो भारी

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गर्न लागेको मन्त्रीपरिषद पुर्नगठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट हटाइने भएको छ ।

बुधबारनै मन्त्रीपरिषद पुर्नगठन गर्ने प्रम ओलीको तयारी भएपनि हटाउने र ल्याउने मन्त्रीहरुको नाम अपरान्ह बसेको सचिवालय बैठकमा तय हुन नसकेपछि अध्यक्षद्धयलाई सो जिम्मेवारी दिइएको थियो ।

विशेषगरी मलेसिया रोजगारीमा फसेका श्रममन्त्री विष्टलाई विनाकारण मलेसिया रोजगारी बन्द गरेको, आफु अनुकुल भेन्डर फेर्न प्रयास गरेको र काम भन्दा हल्ला गर्न उद्यत रहेको भन्दै असन्तुष्ट रहेका प्रम ओलीले अन्तिम समयमा हटाउने निर्णय गरेको स्रोतले बतायो ।

यसअघि मन्त्री हुदा देशैभरीबाट वाहवाही कमाएमा मन्त्री विष्टले अहिले पनि राम्रा काम गर्ने प्रयास नगरेका भने होइनन तर, आसेपासेको पासोमा फस्दा र आफु सरोकारित क्षेत्रका व्यवसायीहरुबाट टाढा बन्ने कोशिसले अन्तत : उनको मन्त्री पदनै गएको छ ।

राति अबेरसम्म भएको छलफलपछि वर्तमान मन्त्रीपरिषदबाट श्रम मन्त्री विष्टसँगै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई हटाउने तय भएको स्रोतले बतायो ।

पुर्नगठित मन्त्रिपरिषदमा बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री हुने र मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्रीहने टुगो लागेको ब’झिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *