मेनपावर कम्पनीका संचालक र कर्मचारीको विवरण सात दिनभित्र पेश गर्न विभागको निर्देशन

news-details

सरकारले वैदेशिक रोजगारीमा कामदार आपुर्ति गर्ने मेनपावर कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको छ ।

वैदेशिक रोजगार विभागले मेनपावरका संचालक तथा कर्मचारीको पूर्ण विवरण पेश गर्न सात दिनको समय दिइएको जानकारी दिदै यो अवधिमा मागेको विवरण उपलब्ध नगराउने कम्पनीको कारोबार बन्द गर्ने चेतावनी दिएको छ ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले यसअघि धरौटी बृद्धिमार्फत मेनपावर कम्पनीको संख्या झण्डै आधाले घटाइएको भन्दै अब भएका कम्पनीहरुलाई व्यवस्थित गर्दै नियमन गर्न सहज होस भनेर सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको जानकारी दिए ।

महानिर्देशक भुसालले यो नियमले मेनपावर कम्पनी तथा विदेशिने कामदार दुवैको हित हुने भन्दै मेनपावर कम्पनीको नाम बेचेर ठगि गर्नेहरुको अन्त्य गर्न मद्यत पु¥याउने बताए । साथै बढी पैसा उठाउने तथा अनियमितता गर्नेहरुलाई कारवाही गर्न सहज हुने पनि भुसालको भनाई छ ।

विभागका अनुसार हाल ८५४ म्यानपावर कम्पनी विधिवत् रूपमा दर्ता भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *