संघमा बिष्णु गैरे प्यानलको ‘क्लिन स्वीप’, कसको मत कति ?

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमितिमा बिष्णुप्रसाद गैरे प्यानलले ‘क्लिन स्वीप’ गरेको छ । मंगलवार भएको चुनावमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका सबै उम्मेदवारले विजयी हाँसिल गरेका हुन् ।

अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई अर्का अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४७ मतले पराजित गर्दै बिजयी भएका छन् । पोखरेलले २ सय ८३ मत ल्याएका छन् । कांग्रेस समर्थित व्यवसायीहरुको संस्था फोरमबाट गैरे नेतृत्वको लोकतान्त्रिक प्यानल बनाएर चुनावमा होमिएको थियो भने नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावमा उत्रिएको थियो ।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग बिजयी भएका छन् । तामाङले हरिवहादुर पाण्डेलाई १५१ मतान्तरले पछाडि पारेका छन् । त्यसैगरी मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मत ल्याएर विजयी भएका छन् । एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा ३६० मत सहित बिजयी भएका छन् ।

महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पछाडि पार्दै बिजयी भएका छन् । श्रेष्ठले यसपटक संघको निर्वाचनमा सबैभन्दा बढी १ सय ६१ मतान्तरले बिजय प्राप्त गरेका छन् । श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएको तेश्रो पटकमा भने शानदार जीत निकाल्न सफल भए ।

सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन् ।

सदस्यमा त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल , डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई बिजयी भएका छन् ।

संघको अध्यक्षमा निर्वाचित भएका गैरेले सबै व्यवसायीहरुको हकहीतका लागि संघले काम गर्ने भन्दै आफ्नो समूहलाई नै विजयी गराएकोमा खुशी व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले नवनिर्वाचित गैरे समूहलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कसको मत कति ?

अध्यक्ष : विष्णुप्रसाद गैर : 330
अध्यक्ष : सरोज कुमार पोखरेल :283

प्रथम उपाध्यक्ष : कमल तामाङ :381
प्रथम उपाध्यक्ष : हरि बहादुर पाण्डे क्षेत्री :230

द्धितिय उपाध्यक्ष : कमलदेव मल्ल :322
द्वितीय उपाध्यक्ष : मुक्तिनाथ अधिकारी :287

तृतिय उपाध्यक्ष : किशोर कुमार केसी :360
तृतीय उपाध्यक्ष : अख्तर हुसेन :244

महासचिव  : सुजित कुमार श्रेष्ठ :384
महासचिब : रामचन्द्र गिरी (आर.सी) :223

सचिव  : मेघनाथ भुर्तेल :333
सचिब : सन्जु गुरुङ :273

कोषाध्यक्ष : इन्दिरा गुरुङ :367
कोषाध्यक्ष : तेज माया लिम्बु (तेजु) :237

सदस्यहरु :
कर्णराज कटुवाल :336
दिनेश कुमार राय (राहुल):312
सुरेन्द्र अर्याल:325
हर्कबहादुर लिम्बु:340
विजय लामा:361
बाबुलाल मगर (नरेन्द्र) :325
केशवराज न्यौपाने :307
छविलाल भट्टराई:300
जंगबहादुर इजम:336
लक्ष्मण पौडेल :314

पराजीत सदस्यहरु :
होम प्रसाद तिमल्सिना:247
दलबिर भण्डारी:253
ओम बहादुर न्यौपाने:228
सरीता घले :284
सोम बहादुर तामाङ:281
बाबुराम खड्का:249
नुर मोहम्मद मियाँ:229
दोर्जे शेर्पा :264
केदारनाथ अधिकारी (दिपेन्द्र):253
विरेन्द्र कुमार यादब:222

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *