उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सरोकारवालासँगको छलफल विना नीति निमार्ण तथा निर्णय गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रतिरक्षा गर्ने कोही नपाएको बताएका छन् । प्रजातान्त्रिक अभ्यासमा सरोकारवाला निकायको रायलाई लिनु पर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले श्रम मन्त्रीलाई भोलिका दिनमा व्यवसायीका राय लिएर निर्णय गर्न आग्रह गरे । श्रम मन्त्री विष्टले व्यवसायीलाई बाइकट गर्दै निर्णय गर्ने गरेको व्यवसायीहरुले आलोचना गरिरहेका बेला उनले त्यस्तो आग्रह गरेका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औ बार्षिक साधारणसभालाई संवोधन गर्दै उपप्रधानमन्त्री विष्टले भने–“राम्रै मनसाय राखेर निर्णय गर्दा पनि सरोकारवालासँगको सम्बन्ध कमजोर भयो भने वनरसीप हुँदैन र प्रतिरक्षा गर्ने कोही हुँदैनन् त्यसले गर्दा सफलता पाउन सकिदैन ।’ मन्त्री विष्टलाई लक्षित गर्दै उपप्रधानमन्त्री पोखरेलले अधित्तम सरोकारवालाको राय लिन जरुरी छ ।

वार्षिक साधारणसभालाई मन्त्री विष्टले संवोधन गर्दै व्यवसायी माझ पटक पटक छलफल भएर मन्त्रालयले निर्णय गरेको बताएका छन् । यद्यपी मन्त्री विष्ट र व्यवसायी संघको सम्बन्ध पानी बाराबारको अवस्था थियो । मन्त्री विष्टले संघको अव आउने नयाँ नेतृत्वसँग छलफल गरेर मन्त्रालय अगाडि बढ्ने प्रतिवद्धता भने जनाए । मन्त्री विष्ट व्यवसायीले आयोजना गरेका कुनै कार्यक्रममा सहभागी भएका थिएनन् ।

श्रम मन्त्रीले एकल निर्णय गर्दा व्यवसायी मारमा परे : उपप्रधानमन्त्री पोखरेल

संघका अध्यक्ष रोहन गरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्दैछ । संघको आजै निर्वाचन हुने कार्यक्रम रहेको छ ।

श्रम मन्त्रीले एकल निर्णय गर्दा व्यवसायी मारमा परे : उपप्रधानमन्त्री पोखरेल

वार्षिक साधारण सभासहित नयाँ नेतृत्व चयनका लागि हुन गैरहेकोको निर्वाचनमा विष्णु प्रसाद गैरे र सरोज पोखरेलबीचको प्यानलको प्रतिस्पर्धा हुँदैछ । कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र प्रजातान्त्रिक विचारधाराका व्यवसायीहरु गैरे नेतृत्वको लोकतान्त्रिक प्यानल बनाएर चुनावमा होमिएका छन भने नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावमा उत्रिएको छ ।

 

श्रम मन्त्रीले एकल निर्णय गर्दा व्यवसायी मारमा परे : उपप्रधानमन्त्री पोखरेल

विष्णु प्रसाद गैरे लोकतान्त्रिक समूह
अध्यक्ष : विष्णुप्रसाद गैर
प्रथम उपाध्यक्ष : कमल तामाङ
द्धितिय उपाध्यक्ष : कमलदेव मल्ल
तृतिय उपाध्यक्ष : किशोर कुमार केसी
महासचिव  : सुजित कुमार श्रेष्ठ
सचिव  : मेघनाथ भुर्तेल
कोषाध्यक्ष : इन्दिरा गुरुङ
सदस्यहरु :
कर्णराज कटुवाल
दिनेश कुमार राय (राहुल)
सुरेन्द्र अर्याल
हर्कबहादुर लिम्बु
विजय लामा
बाबुलाल मगर (नरेन्द्र)
केशवराज न्यौपाने
छविलाल भट्टराई, जंगबहादुर इजम
लक्ष्मण पौडेल

सरोज कुमार पोखरेल संयुक्त व्यवसायी समूह

अध्यक्ष : सरोज कुमार पोखरेल
प्रथम उपाध्यक्ष : हरि बहादुर पाण्डे क्षेत्री
द्वितीय उपाध्यक्ष : मुक्तिनाथ अधिकारी
तृतीय उपाध्यक्ष : अख्तर हुसेन
महासचिब : रामचन्द्र गिरी (आर.सी)
सचिब : सन्जु गुरुङ
कोषाध्यक्ष : तेज माया लिम्बु (तेजु)
सदस्यहरु :
होम प्रसाद तिमल्सिना
दलबिर भण्डारी
ओम बहादुर न्यौपाने
सरीता घले
सोम बहादुर तामाङ
बाबुराम खड्का
नुर मोहम्मद मियाँ
दोर्जे शेर्पा
केदारनाथ अधिकारी (दिपेन्द्र)
विरेन्द्र कुमार यादब