मलेसियाको स्वास्थ्य परिक्षण शुल्कमा बृद्धि, रोजगारदाताले व्योहोर्ने हुदा कामदारलाई भार नपर्ने मलेसियन दूतावासको भनाई

news-details

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ला भएसँगै कामदारको स्वास्थ्य परिक्षण गर्दा लाग्ने शुल्कमा पनि बृद्धि भएको छ । काठमाडौस्थित मलेसियाली दुतावासले शुल्क बृद्धिको पुष्टि गर्दै श्रम सहमति अनुसार स्वास्थ्य परिक्षणको सम्पूर्ण खर्च रोजगारदाताले व्योहोर्ने हुदा यसबाट कामदार माथि कुनै आर्थिक भार नपर्ने स्पष्ट पारेको छ ।

यसअघि स्वास्थ्य परिक्षण शुल्क ४ हजार ५ सय रुपैया लाग्दै आएकोमा अब ७ हजार ६ सय ६४ रुपैया तिर्नुपर्ने भएको हो । जसमा स्वास्थ्य परिक्षण शुल्क ४ हजार ५ सय, वायोमेडिकल सर्भिस चार्ज २ हजार ८ सय र वायोमेडिकल सर्भिसको भ्याट ३ सय ६४ गरी कुल ७ हजार ६ सय ६४ रुपैया हुने दुतावासले जानकारी दिएको छ ।

गत कात्तिक १२ गते भएको श्रम सहमति अनुसार स्वास्थ्य परिक्षण गर्दा लाग्ने लागत तत्कालका लागि कामदारले व्योहोर्ने र मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबमा उक्त खर्च फिर्ता गरिदिने व्यवस्था छ ।

२०७५ जेठ २ गतेबाट बन्द रहेको मलेसिया रोजगारी यही भदौ २९ गतेबाट सुचारु भएको हो । रोजगारी सुचारु लगत्तै मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न यस अघि नै वायोमेट्रिक प्रणालीमा आवद्ध ३६ वटा स्वास्थ्य संस्थालाई नै यथावत तोकिएको छ ।

नेपाल सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणका लागि यी ३६ संस्थासहित १२२ वटा संस्थालाई सुचिकृत गरि मलेसिया पठाएकोमा तत्कालका लागि पुरानै ३६ वटा संस्थामार्फत नै स्वास्थ्य परिक्षण कार्य सुचारु गराउने र बाकी ८६ वटा संस्थालाई नोबेम्बरमा मलेसियाली टोलीले निरीक्षण गरेपछि मात्र थप गरिने सहमति भएको छ ।

हेर्नुहोस मलेसियाली दूतावासले निकालेको विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *