वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : उम्मेदवार छनोटमा लोकतान्त्रिक फोरम र प्रगतिशिललाई सकस, मतदाता संख्या ६५८

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असोज ७ गते हुन गैरहेको नयाँ नेतृत्व चयनको निर्वाचनका लागि ६ सय ५८ मतदाता सुचिकृत भएका छन । संघले आज मंगलबारसम्म २७ औ बार्षिक साधारणसभा तथा निर्वाचनका लागि प्रतिनिधी पठाउन दिएको समयसीमासम्म ८ सय ४८ संस्थामध्ये ६ सय ५८ वटा संस्थाले मात्र प्रतिनिधी दर्ता गराएका हुन ।

संघमा यसपटक पनि सधैझै नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको भिडन्त हुने भने पक्का भएको छ । यी दुवै संस्थाले आफ्नातर्फबाट सर्वसम्मत उम्मेदवार संघको निर्वाचनमा पठाउन छलफल गरिरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आजै साझसम्म उम्मेदवारको टुंगो लगाउने भनेकोमा अहिलेसम्म उनीहरुको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मञ्चबाट अध्यक्षका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना र महासचिव सरोज पोखरेल आकांक्षी छन ।

मञ्चले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउने गरी नै वर्तमान कार्यसमितिको समयावधी सकिनै लाग्दा महासचिव नरेश गेलाललाई राजिनामा दिन लगाएर उक्त स्थानमा मनोनित गरेको थियो । यता भान्तनाले पनि जुनसुकै हालतमा पछि नहटने अडान लिएपछि मञ्चमा यतिबेला उम्मेदवार छनोट थप पेचिलो बनेको छ ।

यस्तै सकस लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा पनि देखिएको छ । आफ्नै कम्जोरीका कारण गत निर्वाचनमा नमिठो हार व्योहोर्नुपरेको निश्कर्ष निकाल्दै फोरमले इच्छुक उम्मेदवारहरुको नामावली नै मागेर छलफल चलाइरहेको छ । यस पटक फोरमबाट अध्यक्ष पदका लागि संघका पूर्वउपाध्यक्ष तथा फोरमका पूर्व अध्यक्ष विष्णु गैरै, वर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष भुवनसिं गुरुङ र संघका पूर्वमहासचिव कमल तामाङ आकांक्षी छन ।

अहिले फोरममा गैरेलाई अध्यक्ष र गुरुङलाई प्रथम उपाध्यक्षमा पठाउने गरी छलफल भैरहेको बुझिएको छ । उता तामाङ पनि आफ्नो अडान छाडने पक्षमा नभएपछि उम्मेदवार छनोटको विषय पार्टी केन्द्रिय कार्यालयसम्म पुगेको छ । कांग्रेस सभापती शेरबहादुर देउवाले फोरमबाट एउटै साझा प्यानल संघ निर्वाचनमा पठाउन भन्दै असहयोग गर्ने र पार्टीको निर्देशन नमान्नेलाई कडा कारवाही गर्ने निर्देशन दिएको संघका पूर्वअध्यक्ष तथा फोरमका सल्लाहकार विमल ढकालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *