नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग

news-details

नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग गरेको छ ।

बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको हो। यसै पदका लागि १० जना चार्टर्ड एकाउन्टेन्ट पनि मागेको छ भने केन्द्रीय कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ । छैठौँ तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नु पर्नेछ । चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सिएरएसिसिए उत्तीर्ण गरेको हुनुपर्छ ।

बैंकले प्रदेश स्तरका शाखा कार्यालयका लागि ४२२ जना कर्मचारी माग गरेको छ । चौथो तहका लागि पाँचै प्रदेशमा गरेर ३५२ जना कर्मचारी माग गरेको छ। यस पदका लागि न्यूनतम स्नातक गरेको हुनु पर्छ ।

तेस्रो तहमा सम्पुर्ण प्रदेशमा गरेर ७० जना कर्मचारी आह्वान गरिएको छ । यस पदका लागि प्लस टु उत्तीर्ण गरेको भए पुग्छ । प्रदेश स्तरका शाखा कार्यलयमा छनौट भएका कर्मचारीले कम्तीमा पनि ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *