१५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु (श्रम मन्त्रालयको विज्ञप्तीसहित)

news-details

करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी आइतबारबाट औपचारिकरुपमा सुचारु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामप्रसाद घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीको अक्षरस र भावनाको पूर्ण कार्यान्वयन हुनेगरी मलेसिया रोजगारी आइतबारदेखि सुचारु गरिएको जानकारी दिएका हुन ।

नेपाल र मलेसियाबीच गत कात्तिकमा शुन्य लागतमा कामदार लैजानेगरी श्रम सहमति भएपनि केहि प्राविधिक विषय टुंग्याउन बाकी रहेको भन्दै सम्झौता भएको झण्डै १० महिना वित्दासमेत मलेसिया रोजगारी सुचारु हुन सकेको थिएन ।

दुवै देशका प्रतिनिधी सम्मिलित प्राविधिक समितिको यही भाद्र २४ र २५ गते मलेसियाको पुत्राजयमा सम्पन्न बैठकमा टुंग्याउन बाकी विषयमा सहमति जुटेपछि मलेसिया रोजगारी श्रम समझदारीमा भएका सहमति कार्यान्वयन गराउने गरी खुलाइएको प्राविधिक टोलीको नेपालकातर्फबाट संयोजनसमेत गरेका सहसचिव घिमिरेले बताए ।

अब पुरानै प्रक्रिया अनुसार नै मलेसिया रोजगारी सुचारु भएको छ  भने  श्रम सहमतिमा उल्लेख भए अनुसार मलेसिया रोजगारीको प्रक्रियामा लाग्ने लागत भने रोजगारदाताले व्योहोनुपर्ने छ ।

स्वास्थ्य परिक्षणका हकमा भने यसअघि नै बायोमेट्रिक प्रणालीमा आवद्ध ३६ वटा मेडिकल सेन्टर यथावत रहने र बाकि स्वास्थ्य संस्था नोभेम्बरमा मलेसियाली प्राविधिक टोली नेपाल आएर मापदण्डका परिक्षण गरेर थप गर्ने मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । नेपालले १२२ वटा स्वास्थ्य संस्था सुचिकृत गरेर शिफारिस गरेको थियो ।

 

हेर्नुहोस श्रम मन्त्रालयको विज्ञप्ती

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *