१५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु (श्रम मन्त्रालयको विज्ञप्तीसहित)
- रोजगारमञ्च
- भदौ २९, २०७६
- 0
करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी आइतबारबाट औपचारिकरुपमा सुचारु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामप्रसाद घिमिरेले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीको अक्षरस र भावनाको पूर्ण कार्यान्वयन हुनेगरी मलेसिया रोजगारी आइतबारदेखि सुचारु गरिएको जानकारी दिएका हुन ।
नेपाल र मलेसियाबीच गत कात्तिकमा शुन्य लागतमा कामदार लैजानेगरी श्रम सहमति भएपनि केहि प्राविधिक विषय टुंग्याउन बाकी रहेको भन्दै सम्झौता भएको झण्डै १० महिना वित्दासमेत मलेसिया रोजगारी सुचारु हुन सकेको थिएन ।
दुवै देशका प्रतिनिधी सम्मिलित प्राविधिक समितिको यही भाद्र २४ र २५ गते मलेसियाको पुत्राजयमा सम्पन्न बैठकमा टुंग्याउन बाकी विषयमा सहमति जुटेपछि मलेसिया रोजगारी श्रम समझदारीमा भएका सहमति कार्यान्वयन गराउने गरी खुलाइएको प्राविधिक टोलीको नेपालकातर्फबाट संयोजनसमेत गरेका सहसचिव घिमिरेले बताए ।
अब पुरानै प्रक्रिया अनुसार नै मलेसिया रोजगारी सुचारु भएको छ भने श्रम सहमतिमा उल्लेख भए अनुसार मलेसिया रोजगारीको प्रक्रियामा लाग्ने लागत भने रोजगारदाताले व्योहोनुपर्ने छ ।
स्वास्थ्य परिक्षणका हकमा भने यसअघि नै बायोमेट्रिक प्रणालीमा आवद्ध ३६ वटा मेडिकल सेन्टर यथावत रहने र बाकि स्वास्थ्य संस्था नोभेम्बरमा मलेसियाली प्राविधिक टोली नेपाल आएर मापदण्डका परिक्षण गरेर थप गर्ने मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । नेपालले १२२ वटा स्वास्थ्य संस्था सुचिकृत गरेर शिफारिस गरेको थियो ।
हेर्नुहोस श्रम मन्त्रालयको विज्ञप्ती