वैदेशिक रोजगारीमा जादा अब अनिवार्य बैंक खाता हुनैपर्ने, रोकिएला त हुण्डी ?

news-details

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था लागू गराएको छ । जस अनुसार अब नयाँ श्रम स्वीकृति लिदा बैंक खाताको विवरण अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले एक सुचना प्रकाशित गर्दै भदौ १६ गतेबाट बैंक खाताको विवरण पेश भएपछि मात्र श्रम स्वीकृति दिइने अन्यथा श्रम स्वीकृति रोकिने जानकारी दिएको छ । ‘आज भदौ १६ गतेबाट हामीले श्रम स्वीकृति लिदा बैंक खाता अनिवार्य प्रविष्ट हुने व्यवस्थालाई परीक्षणकारुपमा लागू गराएका छौ, अबको केहि दिनपछि यो अनिवार्य गर्दैछौ’ विभागका महानिर्देशक भिष्म कुमार भुसालले बताए ।

श्रम स्वीकृतिको लागि फाराम भर्दा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त जुनसुकै वाणिज्य बैकहरु वा विकास बैंकहरुमा खोलिएको सम्बन्धित कामदारको खाताको विवरण समेत अनिवार्य रुपले भर्नुपर्ने जानकारी दिदै महानिर्देशक भुसालले आफ्नो खाता नहुनेले सबैभन्दा नजिकको हकवाला वा परिवारको सदस्यको खाताको विवरण समेत प्रविष्ट गर्न सकिने बताए ।

सरकारले सुरक्षित आर्थिक कारोवारका लागि तथा विप्रेषणलाई व्यवस्थित गर्न एवं हुण्डीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । अहिले नेपालीहरु कार्यरत सबैजसो ठाँउमा रेमिट्यान्स कम्पनीको पहुँच पुगेपनि हुण्डी निर्मूल हुन सकेको छैन ।

वैदेशिक रोजगारीमा भएका सबै कामदारको आफ्नै बैंक खाता हुदा कार्यरत मुलुकबाटै सिधै आफ्नो खातामा रकम जम्मा गर्न सकिने हुदा हुण्डीमा कमि आउने सरकारको अपेक्षा भएपनि यसका लागि व्यापक जनचेतनाको भने खाचो छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *