घरेलु कामदारको पुन : श्रमस्वीकृति खुल्ला गर्ने निर्णय, वर्षौदेखि स्वदेश फर्कन नपाएकालाई ठुलो राहत

news-details

सरकारले सुरक्षाको कारण देखाउदै लामो समयदेखि रोक लगाएको घरेलु कामदारको पुन : श्रमस्वीकृती खुल्ला गर्ने भएपछि घरविदामा फर्कन नसकेका लाखौ नेपालीहरुले ठुलो राहत पाउने भएका छन ।

बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तोकिएको शर्त पुरा गर्ने घरेलु कामदारलाई पुन : श्रमस्वीकृती दिने निर्णय गरेको हो । यसका लागि कामदारले आफु ‘सुरक्षित’ रहेको कागजात र दूतावासको अनुमति पेश गर्नुपर्ने व्यवस्था गर्न लागिएको समितिका एक सदस्यले जानकारी दिएका छन । तर नयाँ घरेलु कामदार माथि लगाइएको रोक भने यथावत रहने जनाइएको छ ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटक पटक घरेलु कामदारको पुन : श्रमस्वीकृति खुलाउन आग्रह गर्दा पनि संसदको समितिले यसलाई नकार्दै आएको थियो ।

विशेषगरी घरेलु कामदारकारुपमा अधिकांश नेपाली महिलाहरु विदेशमा कार्यरत रहेका छन । राम्रो पारिश्रामिकमा घरेलु कामदारकारुपमा काम गरिरहेका यी कामदारहरु विदामा घर फर्कदा पुन : श्रमस्वीकृति नपाउने हुदा फेरी काममा फर्कन नपाउने डरले वर्षौदेखि स्वदेशमा फर्कन सकिरहेका थिएनन ।

अब यो निर्णय लागू भएपछि वर्षौदेखि घरविदामा स्वदेश फर्कन नसकेका विशेषगरी नेपाली महिला कामदारहरु नेपाल आएर पुन ः विदेश फर्कन पाउने छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *