काठमाडौं ओभरसिजले ५ जनालाई केयरगिभरमा जापान पठायो

news-details

काठमाडौं ओभरसिजले ५ जना महिलालाई पहिलो पटक केयरगिभरको कामका लागि जापान पठाएको छ । जापानमा वृद्धवृद्धाहरुको हेरचाहको लागि धेरै केयरगिभरहरुको आवश्यकता भएकोले काठमाडौ ओभरसिजले औपचारिक रुपमा जापान पठाउन सुरु गरेको हो ।

लामो समयदेखि जापान रोजगारीको चर्चा चले पनि नेपालीहरु सहजढंगबाट त्यहाँ जान सकेका छैनन् । मंगलवार ५ जना स्टाफ नर्स जापान उडेको काठमाडौं ओभरसिजका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

यसरी जापान जानेहरुमा पोखराकी पवित्रा खड्का, रामेछापकी अन्जली थापामगर, ललिपुरकी एलिसा शाक्य, मकवानपुरकी सविना लामा र मिना सुनुवार रहेका छन् ।

काठमाडौं ओभरसिजले जापान जानका लागि केयरगिभरको डिमाण्ड ल्याएसँगै सम्पूर्ण सरकारी प्रकृया पुरा गरी श्रमस्वीकृति लिएर जापान पठाउन सफल भएको हो । कियर गिभरका लागि स्टाफ नर्स अनिवार्य हुनुपर्ने र जापानिज भाषाको परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान थियो ।

जापानिज भाषा, तालिमका लागि कुलेश्वरमा रहेको मेइहोकु टे«निङ सेन्टरमा दश महिनासम्म होस्टलमै बसेर उनीहरुले सिकेका थिए । टे«निङ सेन्टरमा जापानिज शिक्षकले जापानको भाषा, रहनसहन, संस्कृति, आफुले गर्ने काम आदिका बारेमा सबै सिकाएर परीक्षा पास गरेर मात्र जापान जान सफल भएको पोखराकी पवित्राले बताइन् ।

पवित्राले जापान उड्न पाएकोमा खुशी व्यक्त गर्दै भनिन्–‘ एक बर्षदेखि जापान जानका लागि मेहनेत गरेकोमा आज सफल भयौं ।’
उनीहरु ५ जना पहिला नै जापान गएर आफुले गर्ने कामका बारेमा हेरेर र भ्रमण गरेर फर्किएको काठमाडौं ओभरसिजका अध्यक्ष भण्डारीले जानकारी दिए । उनले भने–‘जापान जानका लागि भन्ने वित्तिकै हुँदैन, धेरै मेहनेत र केहीसमय कुर्न सक्नु पर्छ ।’

यता सरकारले जापानसँग सम्झौता गरेपनि कुन प्रकृयामा कहिलेदेखि जान पाउने हुन् भन्ने अन्योलमा रहँदा नै काठमाडौं ओभरसिजले जापान पठाउन सफल हुनुलाई सकारात्मक मान्नु पर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *