मलेसिया रोजगार तत्काल खुलाउन सरकारलाई व्यवसायीको दबाब

news-details

दुई देशबीच श्रम समझदारी भइसक्दा समेत मलेसिया रोजगार नखुलेपछि मेनपावर व्यवसायीहरुले सरकारलाई दबाब दिन थालेका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुलाए मेनपावरको लाइसेन्स सरकारलाई बुझाउने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दबाब कार्यक्रम गर्दै तत्काल मलेसिया रोजगारी नखुलाएमा यस्तो चेतावनी दिएका हुन् । ८० प्रतिशतभन्दा बढी मेनपावर व्यवसायीहरु मलेसिया रोजगारसँग निर्भर रहेको र मलेसिया बन्द भएसँगै ठूलो संकट आएको उनीहरुको भनाइ छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले कूटनीतिक पहलबिना मलेसिया रोजगारी बन्द गर्दा आजसम्म समस्या रहेको बताए । उनले श्रममन्त्रीको कारण मलेसिया रोजगारी नखुलेको जीकिर गर्दै भने– ‘कसैको इगोलाई लिएर मन्त्रीज्युले आवेगमा एक्सन लिँदा कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसिया रोजगारी संकटमा परेको छ ।’

 

सरकारले गत कात्तिक १२ गते मलेसियासँग गरेको श्रम समझदारी (एमओयु) मा नेपाली कामदारहरुको सम्पूर्ण लागत शुल्क रोजगारदाता कम्पनीले बेहोनुपर्ने उल्लेख भइसकेकाले अब मलेसिया बन्द गरिराख्नुको औचित्य नरहेको अध्यक्ष गुरुङको भनाइ छ।

‘सरकारले तत्काल मलेसिया रोजगारीको टुंगो लगाउनुर्पयो, कि त मलेसिया बन्द भयो भनेर घोषण गर्नुप¥यो,’ अध्यक्ष गुरुङले भने, ‘होइन भने हामी सरकारलाई लाइसेन्स जिम्मा लगाउन बाध्य हुन्छौं।’

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाले मलेसिया रोजगारी बन्द भएसँगै एकातिर व्यवसायीहरु जटिल अवस्थामा रहेको र अर्कातर्फ नेपाली कामदारको रोजगारीका अवसर गुम्दै गइरहेको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग व्यवसायीहरुले मलेसिया रोजगारीको निष्कर्षको माग राख्दै दबाब दिएका छन् । महानिर्देशक भुसालले भने मलेसिया रोजगारी सधैंका लागि बन्द नहुने आश्वासन दिए ।

‘मलेसिया रोजगारी सधैंका लागि बन्द भएको होइन, खुलाउने प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने । उनले मलेसिया रोजगारका विषय श्रम मन्त्रालयले नै हेरिरहेको बताए ।

२०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्विकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका छैनन् । श्रम मन्त्रीले जुन कारण देखाएर मलेसिया बन्द गरेका थिए, आज सबैले सफाई पाइसक्दा समेत नखुल्नुमा रहस्यमय बनिरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *