दवाव दिन जाने अघिल्लो दिन नै मेनपावर व्यवसायीलाई विभागको यस्तो चेतावनी

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागमा दवावमुलक धर्ना कार्यक्रम राखेको अघिल्लो दिननै विभागले मेनपावर व्यवसायीलाई गतिलो चेतावनी दिएको छ ।

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ला गर्नका लागि दवावमुलक ध्यानाकर्षण गराउन संघले मंगलवार विभाग घेराउ गर्ने सूचना जारी गरेको थियो । तर, सोमवार नै विभागले मेनपावर व्यवसायीका नाममा सूचना जारी गर्दै हदैसम्मको कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले सूचना जारी गर्दै भनेको छ “कूनै एक ईजाजतपत्र प्राप्त संस्थाले राहदानी र रकम बुझ्ने र अर्को म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार विदेश पठाउँदा कामदार ठगिएको, वैदेशिक रोजगारमा गएका कामदारले करारमा उल्लेखित तलव तथा सेवा सुविधा नपाउने र श्रम स्वीकृति निकाल्ने म्यानपावर कम्पनीहरु एक आपसमा दोषरोपण गरेर उम्कन खोज्ने र पीडित कामदारलाई क्षतिपूर्ति दिन आलटाल गरी अनावश्यक दुःख र हैरानी दिने गरेको पाइएको छ ।’

त्यसैगरी विभागले केही म्यानपावर कम्पनीहरु आफैले कामदार पठाउनुको सट्टा एजेन्ट बनेर काम गर्ने गरेको, म्यानपावर कम्पनीबीच कामदारको मागपत्र खरीद विक्रि हुने गरेको, विभागको कारवाहीमा परेर कारोबार रोक्का रहेका म्यानपावर कम्पनीहरुले अर्को कम्पनीमा फाईल पठाएर कामदार वैदेशिक रोजगारीमा पठाउने जस्ता विकृतीका रुपमा रहेको औल्याएको छ ।


त्यसैगरी विभागले मेनपावर कम्पनीले रोजगारदातावाट ल्याउने पावर अफ एटोर्नीको अवधी तोकेर ३ बर्षभन्दा बढि नबनाउन सूचित गरेको छ ।

विभागले यी म्यानपावर कम्पनीका कमजोरी औल्याई चेतावनी दिदै भनेको छ, ‘आगामी दिनमा यस किसिमका कुनैपनि कार्य कुनै पनि संस्था वा व्यक्तिबाट भएमा हदैसम्मको कानूनी कारवाही हुने छ ।’

मेनपावर व्यवसायीलाई चेतावनी दिएर विभागले मंगलवारको धर्नालाई मथ्थर पार्न खोजेको देखिन्छ तर व्यवसायीहरुले मलेसिया रोजगारी लामो समयसम्म बन्द हुँदा व्यवसाय गर्न पाउने अधिकार हनन भएकोले तत्काल मलेसियाको श्रम स्वीकृति खुल्ला गर्न कुनैसुकै हालतमा दवाव दिने बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *