विदेशबाट फर्किएका युवाले ललितपुरमा खोले योगा स्कुल

news-details

कतारमा १२ बर्ष काम गरी स्वदेश फर्किएका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा संचालनमा ल्याएका छन् । विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त यस स्कुलमा नियमित योगाको कक्षासँगै स्वदेशमै दक्ष योगा शिक्षक उत्पादन गरिने जनाइएको छ ।

योगा स्कुलको बिहीबार श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले उद्घाटन गरेसँगै नियमित कक्षा संचालन हुने जानकारी दिइएको छ । स्कुलले योगा शिक्षकको उत्पादन, नियमित योगा अभ्यास, ध्यान, रोग विशेष अनुसार थेरापेटिक योग, तनाव व्यवस्थापन लगायतका अभ्यास गरिने संचालक भेटवालले बताए ।

‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अवस्था छ’, संचालक भेटवालले भने,‘स्कुलले १० वर्षभित्र एकसय वटा योगा सेन्टर विस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएका छौं ।’

संचालक भेटवालले आफू कतारको कर्पोरेट जीवन छोडेर योगाको दुनियाँमा प्रवेश भएको बताए । ‘मैले धेरै कमाउने सोचेर यो व्यवसाय गरेको होइन, यसले कमाइ पनि हुँदैन, योगको ज्ञान आम मानिसले थाहा पाउन् र निरोगीपूर्ण जीवन बिताउन पाउन् भन्ने सोचेर नै योग स्कुल सञ्चालनमा ल्याएको हुँ ।’ भेटवालको भनाई छ ।

श्रम तथा रोजगार मन्त्री विष्टले ‘नियमित योगा अभ्यास गर्नेको आत्मविश्वास बढ्छ र सकारात्मक सोचाई आउँछ ।’सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको उनले बताए । ‘योगको अभ्यास योग्य प्रशिक्षकबाटै सिक्नुपर्छ । योगालाई योगाकै रुपमा अभ्यास गर्नुपर्दछ,’ मन्त्री विष्टले सो अवसरमा बताए ।

तनावपूर्ण जीवनमा योग आवश्यक रहेकाले विश्वका मानिसको ध्यान यसले तानिरहेको छ । नेपालमा पनि योगाभ्यास गर्नेहरु बढिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *