गुल्मीका पहिरोपीडितलाई वैदेशिक रोजगार व्यवसायीले गरे ७ लाख सहयोग

news-details

गुल्मीको सत्यवती गाउपालीकामा गएको भिषण पहिरोमा परी मृत्यु भएका तथा पीडित भएकाहरुको सहयोगार्थ नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ७ लाख नगद सहयोग प्रदान गरेको छ ।

आज बिहिबार परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको कार्यकक्षमै पुगेर संघका अध्यक्ष रोहन गुरुङसहितको व्यवसायीहरुको टोलीले उक्त सहयोग रकम प्रदान गरेका हुन । सहयोग रकम बुझदै मन्त्री ज्ञवालीले गुल्मीका सिडिओसँग तत्काल टेलिफोन सम्पर्क गरेर उक्त सहयोग रकम सिधै गुल्मीकै राहतकोषमा जम्मा हुने व्यववस्था मिलाउन तथा पीडितहरुमाझ उक्त सहयोग सही ढंगमा पु¥याउन निर्देशन दिएका थिए ।

मन्त्री ज्ञवालीको गृहजिल्ला रहेको गुल्मीको उक्त घटनाबाट ११ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी परिवार पीडित बनेका छन । सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष गुरुङले वैदेशिक रोजगार व्यवसायनै मन्दी र संकटको अवस्थामा रहेको वर्तमान परिस्थितीकाबीच पनि प्राकृतिक प्रकोप पीडितका लागि सानो भएपनि सहयोग गर्ने प्रयत्न गरेको बताएका थिए भने  मन्त्री ज्ञवालीले सहयोगका लागि व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सहयोग हस्तान्तरणकै अवसर पारेर व्यवसायीहरुले मन्त्री ज्ञवालीसँग वैदेशिक रोजगार व्यवसायमा रहेको समस्याका बारेमा जानकारी गराउदै परराष्ट्र मन्त्रालयलाई त्यसको समाधानको पहलका लागि आग्रह गरेका थिए । सो अवसरमा व्यवसायीहरुले मुख्यतया मागपत्र प्रमाणिकरणको कठिनाई, मलेसिया रोजगारी तथा पोल्याण्ड रोजगारीको विषय उठाएका थिए ।

मन्त्री ज्ञवालीले देशमै रोजगारीको अवसर सिर्जना नहुदासम्म वैदेशिक रोजगारीको विकल्प नभएको भन्दै यसलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताउँदै व्यवसायीहरुको समस्यालाई पनि सरकारले यथोचितरुपमा सम्वोधन गर्ने बताएका थिए ।

सो अवसरमा संघका अध्यक्ष गुरुङसहित महासचिव सरोज पोखरेल, सचिव इश्वर जिसी, सल्लाहकार पदमराज पौडेललगायतका कार्यसमिति सदस्य तथा व्यवसायीहरु सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *