थोरै कामदार पठाउने धेरै मेनपावर

धेरै वैदेशिक रोजगारमा पठाउने दि रिभर, एसओएस र प्याराडाईज पहिलो, दोश्रो र तेश्रो
news-details

वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७५–०७६ को प्रगति विवरण अनुसार वैदेशिक रोजगारमा थोरै पठाउने धेरै मेनपावरहरु छन् । १२ वटा मेनपावरले त १ जना मात्र कामदार विदेश पठाएका छन् । २/३ जना कामदार पठाउने मेनपावरको संख्या पनि धेरै छ ।

सबैभन्दा बढि वैदेशिक रोजगारमा कामदार पठाउने मेनपावरमा द रिभर ओभरसिज परेको छ । उक्त म्यानपवार कम्पनीले गतवर्ष ४ हजार ४ सय २७ पुरुष र ८ सय ३१ महिला गरि जम्मा ५ हजार २ सय ५८ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।

गत आर्थिक वर्ष २०७४–०७५ मा पनि पहिलो नम्वरमा रहेको दि रिभर ओभरसिजले गतवर्ष भन्दा ५ हजार ८ सय ४ कामदार वैदेशिक रोजगारीमा कम पठाए पनि पहिलो नै हुन सफल भएको छ ।

त्यस्तै दोश्रो नम्बरमा धापासीस्थित एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. रहेको छ । उक्त म्यानपावर कम्पनीले गत बर्ष ४ हजार २ सय ८१ कामदार पठाएको छ । त्यसमा पुरुषको संख्या ४ हजार १ सय ७१ र महिलाको संख्या १ सय १० रहेको छ । एसोएसले अघिल्लो आर्थिक वर्ष गत वर्ष भन्दा करिब १ हजार एक सय ९१ जनाले बढी ५ हजार ४ सय ७२ कामदार पठाएको थियो ।

त्यस्तै ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर कम्पनीको तेश्रो नम्बरमा रहेको छ । उसले २ हजार ७ सय ७ पुरुष र ६ सय २० महिला गरी ३ हजार ३ सय २७ कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।

थोरै पठाउने धेरै मेनपावर
१२ वटाले १ जना
१२ वटाले २ जना
१३ वटाले ३ जना
१६ वटाले ४ जना
१४ वटाले ५ जना
१० वटाले ६ जना
११ वटाले ७ जना
११ वटाले ८ जना
१२वटाले ९ जना
८ वटाले १० जना

त्यस्तै सामाखुशी टाउन प्लानिङ स्थित भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि बढी कामदार पठाउने सूचिको चौथो नम्बरमा रहेको छ । १ हजार ८ सय ७७ पुरुष र ४ सय ८३ महिला गरी २ हजार ३ सय ६० जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएर उक्त कम्पनी चौथो नम्बरको सूचीमा पुगेको हो ।

सूचीको पाँचौ नम्बरमा रहेको सामाखुशीस्थित अञ्जली ओभरसीज सर्भिस प्रा.लि.ले ५३ महिला सहित २ हजार १ सय १९ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सफल भएको छ ।

धेरै कामदार पठाउने सूचीमा छैठौं नम्बरमा रहेको सान नेपालले १ सय २४ महिलासहित २ हजार २५ जना, सातौ नम्बरमा रहेको नोकिरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले ४ सय ६ महिला सहित २ हजार २० जना, आठौं स्थानमा रहेको साउण्डलाइन रिक्रुटमेन्ट प्रा.लि.ले २३ महिला सहित १ हजार ८ सय १८ जना, नवौं स्थानमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि ले १ सय ३ महिला सहित १ हजार ७ सय ८६ जना र दशौं नम्बरमा रहेको स्वीफ्ट गोर्खा इन्टरनेशनल प्रा.लि.ले १ हजार ६ सय ८२ जना कामदार पठाएका छन् ।

सूचीको एघारौं नम्बरमा अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि. (१ हजार ६ सय ५६ जना), बाह्रौ स्थानमा कोशी इन्टरनेशनल सर्भिस प्रा.लि. (१ हजार ६ सय ११ जना), तेह्रौं नम्बरमा अलआशमाक्स कम्पनी (१ हजार ४ सय ८७ जना), चौधौं नम्बरमा प्रुडेन्सियल ओभरसिज प्रा.लि (१ हजार ४ सय २८ जना), पन्ध्रौ नम्बरमा ट्यालेन्ट ओभरसीज सर्भिस प्रा.लि. (१ हजार ४ सय ३ जना), सोह्रौं नम्बरमा शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि (१ हजार ३ सय ७४ जना), सत्रौंं नम्बरमा वाहा म्यानपावर्स सप्लायर प्रा.लि. (१ हजार ३ सय २८ जना), अठारौं नम्बरमा देवान कन्सलट्यान्ट्स प्रा.लि. (१ हजार २ सय ६७ जना), उन्नाईसौं नम्बरमा भ्रिन्दित सर्भिस (इगल हन्टर इन्टरनेशनल) (१ हजार २ सय ५० जना) र बिसौं नम्बरमा लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रा.लि (नाइल ओभरसीज) (१ हजार २ सय २६ जना) रहेका छन् ।

 

यसैगरी एकाईसौं नम्बरमा रहेको लाइफलाइन ओभरसीज प्रा.लि.ले १ हजार २ सय १२ जना, बाईसौं नम्बरमा रहेको अन्जुलिमा इन्टरनेशनलले १ हजार १ सय ९४ जना, तेईसौं नम्बर रहेको दुबई ओभरसीज इन्टरनेशनल प्रा.लि.ले १ हजार १ सय ९१ जना, चौबिसौं नम्बरमा रहेको जब सिकर म्यानपावरले १ हजार १ सय ६२ जना, पच्चिसौं नम्बरमा रहेको नेपाल एचआर सोलुसन प्रा.लि.ले १ हजार ४८ जना, छब्बीसौं नम्बरमा रहेको सुफी इन्टरनेसनल सर्भिसले १ हजार ४१ जना र २७ औं नम्बरमा सत्यम इन्टरनेसनल सर्भिस प्रा.लि.ले १ हजार ३ जना कामदार पठाएको छ ।

९ सय ९४ जना कामदार पठाएको अल सेक्योर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले एक हजार नघाउन सकेन ।

गतवर्ष वैदेशिक रोजगारीमा गएका ५ लाख ८ हजार ८ सय २८ कामदार मध्ये म्यानपावर कम्पनीबाट गएका कामदारहरुको संख्या २ लाख ८ हजार ३ सय ५२ मात्र रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई १ सय ३६ देशमा नेपाली कामदार गएका भएपनि म्यानपावर कम्पनीहरुबाट जम्मा २७ देशमा नेपाली कामदार गएका छन् ।

मलेसिया रोजगारी बन्द  प्रमुख कारण

संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ठूलो गिरावट आउनुमा मलेसिया रोजगारी बन्द हुनु नै प्रमुख कारण देखिएको छ । आर्थिक वर्ष २०७४–०७५ मा १ लाख २ हजार ९ सय ७९ जना संस्थागत रुपमा गएको मलेसियामा यस पटक भने केबल ९ हजार २ सय ६१ जना मात्र गएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार कतार त्यसपछि क्रमशः यूएई र साउदी अरब गएका छन् । गत आ.व रोजगारीका लागि कतार जानेको संख्या ६५ हजार ४ सय १३, यूएई जानेको संख्या ४८ हजार २ सय ७८ र साउदी अरब जानेको संख्या ४३ हजार ८ सय एक रह्यो ।

यी प्रमुख गन्तव्य पछि नेपाली कामदार ओमान, कुवेत, बहराईन, साईप्रस, जोर्डन, टर्की, गएका छन् । गत आ.व कुवेत जानेको संख्या १५ हजार ५९, बहराईन जानेको संख्या ४ हजार १ सय ८३, ओमान जानेको संख्या २ हजार १ सय २९, जोर्डन जानेको संख्या १ हजार ४ सय ५० रहेको छ । चर्चामा रहने टर्की, रोमानिया र साईप्रस जस्ता यूरोपियन मुलुक र एशियाको जापानमा रोजगारीका लागि जानेहरुको संख्या एक–एक हजार पनि नाघेको छैन । जापानमा वर्षभरीमा १ सय ५० जनामात्र कामदार रोजगारीका लागि गएका छन् । सरकारले आफैले पठाउने कोरिया जाने कामदारहरुको संख्या प्रतिवेदनमा समेटिएको छैन ।

गतवर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार पठाएका छन् । अघिल्लो आर्थिक वर्ष त्यस भन्दा ९ वटाले बढी १ हजार ७२ म्यानपावर कम्पनीले कामदार पठाएका थिए । यसवर्ष १ जनामात्र कामदार पठाउने १२, २ जनामात्र कामदार पठाउने १२, ३ जना कामदार पठाउने १३, ४ जना कामदार पठाउने १६, ५ जना कामदार पठाउने १४ वटा ,६, ७ र ८ जना मात्र पठाउने ११ वटा, ९ जनामात्र पठाउने १२ वटा र १० जनामात्र पठाउने ८ वटा म्यानपावर कम्पनी रहेका छन् ।

त्यस्तै सयजना भन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या ५ सय १८ रहेको छ । सरकारले निरन्तर दुई आर्थिक वर्षमा सय जना भन्दा कम कामदार पठाउने म्यानपवार कम्पनीको नवीकरण नगर्ने कानूनी व्यवस्था गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *